Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

यस क्षेत्रको चौतर्फी विकासकालागी मेरो उम्मेदवारी ः नेता कण्डेल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, २६
यस क्षेत्रको चौतर्फी विकासकालागी मेरो उम्मेदवारी ः नेता कण्डेल

 

नवलपरासी , २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल – (मुन्ना बाबु ) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफ्नो उम्मेदवार बनेको स्पष्ट पार्नुभएको छ ।

आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउंपालिकामा आयोजीत चुनाबी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासंग मतमाग्दै नेता कण्डेलले आफ्नो योजना सार्वजनिक गर्नुभएको हो ।

सो क्रममा नेता कण्डेलले संबिधानको प्रभावकारी कार्यान्वयन संगै यस क्षेत्रको भैतिक पुर्वाधार निमार्ण ,सडक शिक्षा , स्वास्थ्य , खानेपानी , लगायत विकासका एजेण्डा सहित जनताको माझं आएको कण्डेलले दाबी गर्नुभयो ।

यस अगाबै पटक पटक गृह राज्य मन्त्रीको भुमीकामा रहदा यस क्षेत्रमा कण्डेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कण्डेललाई जनताको काम अवसर दिने सो क्रममा मतदाताहरुले कण्डेललाई प्रतिबद्धता जनाएका थिए । नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितीले गरेको अध्ययन प्रतिबेदनमा नवलपरासी – (बर्दघाट सुस्ता ) पुर्व निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाल र नवलपरासी – (बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ मा कण्डेलले प्रतिनिधी सभा सदस्य तर्फ कांग्रेसले चुनाब जित्ने ठोकुवा गरिसेको छ ।

पछिल्लो पटक नेता कण्डेल घरदैलोमा जादा समेत मतदाताले कण्डेललाई भव्यरुपमा स्वागत गर्दै आएका छन् । अधिकाशं मतदातको चाहाना नेता कण्डेललाई भेटेर आफ्नो समस्या राख्ने योजनामा छन् । कण्डेलले अहिले मतदातालाई भेटर आफु जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता जनाएपछि मतदाताले कण्डेलको सुनिश्चित भएको निष्कर्ष निकालेका छन् ।देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।‘ मुन्ना बाबु यसपाली’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ । यसपटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।

‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्’ स्थानीय मतदाताले पत्रकारहरुलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवंगत दाजु भाउजुका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

२ पटक सम्म गृहराज्यमन्त्री बनेर गरेको कामले सर्वत्र चिनिएका उनी कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् । भने हाल पार्टीका केन्द्रिय सदस्य हुन् । कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट प्रदेश २क बाट युवा नेता गुणनिधि तिवारी र २ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न ।

‘जनताको मनसंग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।

Top Changing Nepal

युट्युब सट्स