माइत आएकी छोरी र दुई नातिनीको बुबाद्वारा हत्या
रोल्पा, कात्तिक – रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् ।२५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो।
छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आइकी थिइन् । लीलबहादुरका पत्नी तीर्था र छोरा भागेर बाच्न सफल भएको बताइएको छ । लीलबहादुर पुन मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी परेका थिए । बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर बिरामी बुबा भेट्न माइत आएकी थिइन् ।
जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि बञ्चरो प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्विर – नयाँबाटो
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

