• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • ६ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • ७ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • ७ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • २३ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

  • ३. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ४. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • ९. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

विज्ञ टोलीले सरकारलाई बुझायो सात प्रदेशका सम्भावित राजधानी, तपाईको राजधानी कहाँ कहिले तोकिन्छ ?

admin २०७४, कार्तिक, २७

कात्तिक २७, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।

पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ । सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचना अझै तयार भएका छैनन् ।

प्रदेशको राजधानी तोक्ने, प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेश व्यवस्थापिका कहाँ बस्ने पनि अझै टुङ्गो छैन । व्यवस्थापिका कहाँ रहने यकिन नभए पनि ढिलामा अबको एक महिनामा जनप्रतिनिधि छानिने प्रक्रिया भने सकिनेछ ।

जनप्रतिनिधि चयनअघि नै प्रदेश प्रमुखको नियुक्ति पनि अनिवार्य छ । संविधान जारी भएको दुई वर्ष पूरा भइसके पनि प्रदेशको राजधानी अझै तोकिएको छैन ।  विज्ञ सम्मिलित टोलीले एक महिनाअघि प्रदेशका सम्भावित राजधानीको नामावली सरकारलाई सुझावका रूपमा उपलब्ध गराए पनि राजनीतिक ध्रुवीकरणपछि उक्त विषयले प्राथमिकता पाएको छैन ।

सहरी विकासमन्त्री दिलनाथ गिरीले पहिलो चरणको निर्वाचन लगत्तै प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी रहेको बताउनुभयो ।  गिरीले भन्नुभयो, ‘पहिलो चरणको चुनावलगत्तै प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी छ । गृहकार्यका लागि गृह मन्त्रालय र मन्त्रिपरिषद्को समितिलाई पनि निर्देशन दिने निर्णय भइसकेको छ । ’

मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले परामर्शमा प्रदेशको राजधानी तोक्ने प्रस्ताव तयार पार्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । यस्तै, प्रदेश प्रमुखको नियुक्ति सम्बन्धमा मन्त्रिपरिषद्को राजनीतिक समितिमा छलफल गरी समितिको निर्णयअनुसार अगाडि बढ्ने पनि निर्णय भएको थियो ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान कार्यान्वयनको कार्यतालिका सार्वजनिक गर्दै २०७३ चैत मसान्तभित्र प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

सरकार विघटनपछि उक्त कार्यतालिका कार्यान्वयनमा आएन । पछिल्लो पटक मन्त्रिपरिषद्को निर्णयपछि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने गृहकार्य अघि बढे पनि राजनीतिक ध्रुवीकरणसँगै प्रक्रिया अवरुद्ध भएको थियो ।

यी हुन् सम्भावित राजधानी

सरकारले प्रदेशको राजधानी तोक्न ढिलाइ गरे पनि विज्ञ सम्मिलित समितिले भने प्रदेशका सम्भावित राजधानीको नामावली सरकारलाई सुझाइसकेको छ ।  विज्ञ टोलीले सामान्य प्रशासन मन्त्रालयलाई असोज पहिलो साता नै सुझाव दिइसकेको छ ।

सुझावअनुसार भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुगमता, भौगोलिक केन्द्रलाई आधार मानेर राजधानी तोक्ने सुझाव दिइएको छ ।  यस्तै, ऐतिहासिक महत्व, सुरक्षाको व्यवस्थालाई पनि राजधानी तोक्ने मापदण्ड मानिएको छ ।

विज्ञ टोलीले प्रदेश नम्बर २, ४ र ६ को राजधानीमा एक मात्र नाम सिफारिस गरेको छ । अन्य चार प्रदेशमा भने सम्भावित सहरको नाम सिफारिस गरेको छ ।  सुझावअनुसार प्रदेश २ को जनकपुर, ४ को पोखरा र ६ को राजधानी सुर्खेत सिफारिस गरिएको छ ।

यस्तै, प्रदेश १ मा विराटनगर, इटहरी वा धनकुटामध्ये एक राजधानी बनाउन सुझाव छ । प्रदेश ३ मा बनेपा–धुलिखेल, काठमाडौँ उपत्यका र हेटौँडामध्ये एकलाई प्रदेशको राजधानी बनाउन उपयुक्त हुने सुझाव दिइएको छ ।

प्रदेश ५ का लागि तीन सहर सिफारिसमा परेका छन् । विज्ञ टोलीले तुल्सीपुर, दाङ र बुटवललाई प्रदेशको राजधानी बनाउन सुझाव सरकारलाई दिएको छ ।  प्रदेश ७ मा धनगढी वा दिपायल राजधानी बनाउन उपयुक्त हुने सुझाव छ ।

यस्ता छन् सम्भावित भौतिक संरचना

प्रदेशको राजधानी तोक्ने गृहकार्यसँगै सरकारले हालकै क्षेत्रीय प्रशासन कार्यालयको प्रशासनिक संरचनालाई प्रदेशको प्रशासनिक केन्द्रका रूपमा अघि बढाउने तयारी गरेको छ । अस्थायी रूपमा हाल कायम रहेका क्षेत्री प्रशासनलाई प्रदेशको प्रशासनिक केन्द्र बनाउने तयारी गरिएको हो ।

क्षेत्रीय प्रशासन कार्यालय नभएको स्थानमा विकसित सहरी संरचनालाई उपयोग गर्ने नीति सरकारको छ । प्रदेश व्यवस्थापिकाको सभा हल व्यवस्थापन कहाँ गर्ने भन्ने निश्चित छैन ।  -गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

ताजा

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.