सरकारले बन्द गर्यो केबल टेलिभिजन
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारबाट देखि काठमाडौं उपत्यकाभित्र एनालग प्रविधिबाट सन्चालनमा रहेका केबल टिभी को सिग्नल बन्द गरेको छ ।
सञ्चार मन्त्रालयअन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाले एनालग प्रविधि बन्द गराएपछि उपत्यकाका अधिकांश उपभोक्ताहरु टिभी हेर्नबाट बन्चित भएका छन् ।
टोलीले केबल सन्चालन स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालले बताए ।
केबल टीभी महासंघ र केबल टीभी व्यवसायी महासंघकै अनुरोधमा देशभर सन्चालनमा रहेका एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान लागिएको सन्चार मन्त्रालयको भनाइ छ ।
डिजिटल प्रविधिबाट प्रयोगकर्ताको संख्या थाहा हुने र त्यसबाट राजश्व पनि पारदर्शी हुने सरकारको दाबी रहेको छ ।
सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्य रुपमा बुधबारदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सन्चालकहरुले बताएका छन् ।
डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेटअप बक्स जडन गर्नुपर्नेछ ।
तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सन्चालकहरुको दाबी छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

