लायन्स क्लव अफ रामधुनीलाई क्वीन्स बुद्ध न्यु योर्कको सहयोग
बिभिन्न सेवामुलक कार्य गर्दै आएको लायन्स क्लव अफ रामधुनीले छोटो समयमा सबैको साथ सहयोग पाउन थालेको छ । मानव कल्याणकारी गर्ने उधेश्यले गठन भएको लायन्स क्लव अफ रामधुनीलाई क्वीन्स बुद्ध न्यु योर्कले एक लाख एकाउन्न हजार रकम सहयोग गरेको छ । सो रकम मंगलवार क्याबिनेट सेक्रेटरी शुर्य सिखडा, लायन्स क्लव अफ ईन्टरनेशनल क्यलिफोनियाका डिस्ट्रिक ४– सि ३ युएसका गर्भनर लायन राजन थापा र अमेरीकी नागरीक तथा क्याबिनेट सेक्रेटरी एल.एताकेले संयुक्त रुपमा क्विक भोलेन्टियरलाई हस्तान्तरण गरेको हो ।
क्वीन्स बुद्ध न्यु योर्कका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितका समितिहरुले रकम संकलन गरी पठाएको रामधुनीका सह सचिव गुणराज आचार्यले बताए । लायन्स रामधुनी र लायन्स क्लव अफ ईन्टरनेशनलका प्रतिनिधिहरुको भेटघाट तथा छलफलमा रामधुनी तर्फबाट संस्थापक अध्यक्ष डिल्ीकार्कीले रामधुनि मन्दिर बिकासमा पछाडि परेकाले धार्मिक पर्यटन र सो रामधुनीवनमा जेष्ठ नागरीक आश्रय स्थल खाँचो रहेको जानकारी गराउनु भयो । बर्तमान अध्यक्ष हर्षलाल चौधरीले कार्यसमितिले गरेका कार्यहरुको बारेमा बताउदै बाढिपिडिकालागी पुनरवासमा सहयोग,न्यानो कपडा बितरण,स्वथ्य शिविर गरिसकेको बताउनु भयो ।
त्यसैगरी पुष्प कार्किले भावियोजनाहरुको बारेमा जानकारी गराएका थिए । अमेरीकी लायन्सका गर्भनर थापाले लायन्स क्लवको बारेमा बताउदै लायन्स रामधुनीका प्रतिनिधि मानव कल्याणकालागी उत्साहित रहेकोहुदा ईन्टरनेशनल क्यालिफोनियाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । थापा बिस बर्ष देखि त्याहाँ लायन्स क्लवमा आबद्ध हुनुहुन्छ । उहाँले सहयोगकालागी अपाङ्गलाई हिव्ल चेयर बितरण लगायका कमेरीकी डाक्टर सहित स्वथ्य शिविरबाट दिर्घ रोग उपचारकालागी सहयोग रहने बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

