बिभिन्न सेवामुलक कार्य गर्दै आएको लायन्स क्लव अफ रामधुनीले छोटो समयमा सबैको साथ सहयोग पाउन थालेको छ । मानव कल्याणकारी गर्ने उधेश्यले गठन भएको लायन्स क्लव अफ रामधुनीलाई क्वीन्स बुद्ध न्यु योर्कले एक लाख एकाउन्न हजार रकम सहयोग गरेको छ । सो रकम मंगलवार क्याबिनेट सेक्रेटरी शुर्य सिखडा, लायन्स क्लव अफ ईन्टरनेशनल क्यलिफोनियाका डिस्ट्रिक ४– सि ३ युएसका गर्भनर लायन राजन थापा र अमेरीकी नागरीक तथा क्याबिनेट सेक्रेटरी एल.एताकेले संयुक्त रुपमा क्विक भोलेन्टियरलाई हस्तान्तरण गरेको हो ।
क्वीन्स बुद्ध न्यु योर्कका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितका समितिहरुले रकम संकलन गरी पठाएको रामधुनीका सह सचिव गुणराज आचार्यले बताए । लायन्स रामधुनी र लायन्स क्लव अफ ईन्टरनेशनलका प्रतिनिधिहरुको भेटघाट तथा छलफलमा रामधुनी तर्फबाट संस्थापक अध्यक्ष डिल्ीकार्कीले रामधुनि मन्दिर बिकासमा पछाडि परेकाले धार्मिक पर्यटन र सो रामधुनीवनमा जेष्ठ नागरीक आश्रय स्थल खाँचो रहेको जानकारी गराउनु भयो । बर्तमान अध्यक्ष हर्षलाल चौधरीले कार्यसमितिले गरेका कार्यहरुको बारेमा बताउदै बाढिपिडिकालागी पुनरवासमा सहयोग,न्यानो कपडा बितरण,स्वथ्य शिविर गरिसकेको बताउनु भयो ।
त्यसैगरी पुष्प कार्किले भावियोजनाहरुको बारेमा जानकारी गराएका थिए । अमेरीकी लायन्सका गर्भनर थापाले लायन्स क्लवको बारेमा बताउदै लायन्स रामधुनीका प्रतिनिधि मानव कल्याणकालागी उत्साहित रहेकोहुदा ईन्टरनेशनल क्यालिफोनियाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । थापा बिस बर्ष देखि त्याहाँ लायन्स क्लवमा आबद्ध हुनुहुन्छ । उहाँले सहयोगकालागी अपाङ्गलाई हिव्ल चेयर बितरण लगायका कमेरीकी डाक्टर सहित स्वथ्य शिविरबाट दिर्घ रोग उपचारकालागी सहयोग रहने बताए ।