• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १६ घण्टा 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १६ घण्टा 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १६ घण्टा 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १६ घण्टा 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १६ घण्टा 

अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
  • १७ घण्टा 

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १ दिन 

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

चुनावको मुखैमा नायक निखिल उप्रेतीले दिए यस्तो कडा अभिव्यक्ति :उप्रेतीको मत कुन पार्टीलाई ?पढ्नुहोस

admin २०७४, मंसिर, २

प्रकाश सिलवाल : काठमाडौँ, १ मंसिर (रासस) : “विकसित मुलुकमा दुई पार्टी मात्र हुन्छ, नेपालमा दलहरुको संख्या घट्दो हुनु सकारात्मक छ”, नायक निखिल उप्रेती आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलबीच भएको गठबन्धनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ ।

नायक उप्रेतीले आफ्नो समर्थन लोकतान्त्रिक वा वाम कुन गठबन्धनलाई हुन्छ भन्ने खुलाउनुभएन तर फुटेर भन्दा दलहरु जुटेर अघि बढ्दा मुलुकको स्थिरताका लागि राम्रो हुने विचार उहाँले व्यक्त गर्नुभयो ।

वाम गठबन्धनबाट काठमाडौँ जिल्लाका उम्मेदवार र कलाकारबीच आज यहाँ आयोजित अन्तरक्रियामा कलाकार खड्काले धेरै पार्टी भएमा हल्ला बढी हुने तर काम कम हुने स्थिति हुने भएकाले क्रमशः दुई दल मात्र भएमा विकासका काम तीव्र रुपमा अघि बढ्ने र कला क्षेत्र पनि विकसित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

“बरु हामीलाई गहना भनिदिनुपर्दैन, नेताले देशको विकास गरिदिए हुन्छ”, नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहितका उम्मेदवारसमक्ष उहाँले भन्नुभयो ।

नायक तथा निर्माता अशोक शर्माले भने गठबन्धन भएकामा आफू अस्पष्ट रहेको टिप्पणी गर्नुभयो । “स्थानीय तहमा एमालेको यसै जनमत देखिएको थियो, अहिले वाम गठबन्धन किन भयो, जनतामा रहेको प्रश्नको उत्तर दिनुपर्ने देखिन्छ ”, कलाकार शर्मा नयाँ शक्ति नेपाल निकट मानिनुहुन्छ ।
चुनावमा एमालेलाई समर्थन गर्नुभएका कलाकार रवीन्द्र खड्का भने अबको समाधान र समृद्धि स्थिर सरकार भएको वाम शक्तिले जितेपछि मात्रै हुने विचार व्यक्त गर्नुभयो ।

कलाकारको सुझाव सुनेपछि नेता नेपालले निर्वाचनपछि आर्थिक विकासको मूल प्रवाहमा नेपाललाई अग्रसर गराउन आफूहरुले पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मुलुक यथास्थिति र प्रतिगमनको क्रमबाट अग्रगमनमा जान अनिवार्य भइसकेको छ, यो कार्यभार पूरा गर्न वाम शक्ति मात्र सक्षम छ, कलाकारले यस मर्मलाई बुझेर हामीलाई समर्थन गरिदिन म आग्रह गर्दछु ।”

एक प्रसङ्गमा उहाँले मंसिर १० र २१ म तोकिएको निर्वाचन सरेमा व्यवस्थापिका–संसद्ले पूर्ववत् काम गर्ने जनाउ दिनुभयो । कार्यक्रममा आकाश अधिकारी, उत्तम केसी, रवि डंगोल, केशव भट्टराई, निर्मल शर्मा, नरेश भट्टराई, चैत्यदेवी, गोपालकाजी कायस्थ, सुदर्शन थापा, विमला गिरीलगायतको सहभागिता थियो ।

काठमाडौँ क्षेत्र नं ७ का एमालेका उम्मेदवार रामवीर मानन्धर चलचित्रघर सञ्चालक पनि भएकाले उहाँलाई सघाउन आफूहरु तयार रहेको कलाकारहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ क्षेत्र नं ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, क्षेत्र नं ६ मा प्रदेशका उम्मेदवार केशव स्थापित, ८ मा प्रदेशका उम्मेदवार डा अजयक्रान्ति शाक्य पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
रिपोर्टस क्लबबाट साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.