प्रचण्डपुत्र प्रकाश दाहालको निधन
जानकारी केन्द्र
२०७४, मंसिर, ३
काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको हो। अचेल अवस्थामा बिहान ५ बजेतिर अस्पताल लगिएका प्रकाशको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्याइएको थियो। प्रकाश प्रचण्डका एकमात्र छोरा हुन्।
स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि उपत्यका बाहिर रहेका परिवारका सबै सदस्य काठमाडौँ फर्किएका छन्। प्रचण्ड झापाबाट काठमाडौँ फर्किएका छन्। वाम गठबन्धनको चुनावी सभाका लागि प्रचण्ड झापा पुगेका थिए। आइतबारको कार्यक्रम छाडेर प्रचण्ड काठमाडौँ फर्किएका हुन्।
भरतपुर महानरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल पनि काठमाडौँ आउन लागेको पारिवारिक स्रोतले जानकारी दियो।
नर्भिक अस्पताल बाहिर अहिले माओवादी केन्द्रका शुभचिन्तक र अन्य सर्वसाधरणको समेत भिड लागेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

