फेसबुकमा सक्रिय प्रकाश दाहालले अन्तिम तस्विरमा छोराको मुस्कान छोडेर गए
३ मंसिर, काठमाण्डौ । समामाजि संजाल फेसबुकमा सक्रिय प्रचण्ड पुत्र प्रकाश दाहालले अन्तिम पटक तीन दिनअघि आफ्ना छोराको तस्विर पोष्ट गरेका थिए । उनले छोरा प्लाष्टिकको कुर्चीमा हसिलो अनुहारसहित बसेका छोराको तस्विर १६ डिसेम्बरमा राखेका थिए ।
छोराका तस्विर नै उनले फेसबुकमा अपलोड गरेको अन्तिम तस्विर बनेको छ । उनको छोराको तस्विरमा एक हजार एकसयभन्दा बढि लाइक गरिएको छ ।त्यसअघि उनले आफ्नै निवास लाजिम्पाटमा रहेको घर देखिने गरी सेल्फी तस्विर पोष्ट गरेका थिए । उक्त तस्विरसँगै उनले चुनावी माहौलबाट यता तिर ! भोली फेरि अभियानमा हुने छु । भनेर जानकारी समेत उल्लेख गरेका थिए ।

उक्त तस्विर र जानकारी १४ नोभेम्बरका दिन पोष्ट गरिएको हो ।
त्यसभन्दा अघि उनले आफ्ना बाबु प्रचण्डको चुनावी कार्यक्रमको जानकारी फेसबुकमार्फत गराएका छन् ।

कात्तिक २८ गते चितवनमा हुने चुनावी कार्यक्रमको विस्तृत जानकारी प्रकाशले गराएका थिए ।
पछिल्लो समय उनले आफ्नो प्रोफाइल तस्विर व्ल्याक एण्ड ह्वाइट बनाएर राखेका थिए ।

प्रोफाइल तस्विर मात्र नभै अर्को एक तस्विर पनि उनले व्ल्याक एण्ड ह्वाइट पोष्ट गरेका छन् । १२ नोभेम्बरमा राखिएको तस्विरसँगै उनले शिवघाटबाट नारायणी नदी ! प्रचण्ड विजय अभियानकै दौरान ! भनेर लेखेका छन् ।

दाहालको कभर फोटोमा भने चाडपर्वको शुभकामनाका लागि बनाइएको दिप प्रज्वलनको तस्विरसँगै जोडेर आफू र छोराका फोटो राखेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

