बम विष्फोट गर्दै त्रसित गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत,जुनसुकै समयमा प्रहरीको खोरमा पुग्ने,भारतमा सरनमा विप्लब
२० मंसिर, काठमाण्डौ । नेपाल प्रहरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको छ । बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्योपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचिमा रहेको बताए ।
निर्वाचनमा सुरक्षा सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको बताए । पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई
पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना छन् ।
नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले जनाएअनुसार निर्वाचन शुरु भएदेखि अहिलेसम्म ५० भन्दा बढी स्थानमा बिस्फोटन भएका छन् । बिस्फोटनमा परी सुरक्षामा खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ । घाइते हुनेको संख्या धेरै छ ।
दिनै जसो बिस्फोटका घटना भए पनि गृह मन्त्रालय भने घटना कसले र किन गराएको भन्ने विषयमा मौन छ । यद्यपि गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको भन्दै सबैलाई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपील गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले भने देशभर भएका अधिकांश बिस्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले गराएको दावी गरेको छ ।
विप्लव कार्याकर्ता धेरै सङख्यामा पक्राउ परे पनि केन्द्रीय तह र पार्टीका शीर्ष नेताहरु भने प्रहरीको नजरभन्दा पर नै छन् । नेत्रविक्रम चन्द विप्पल देखि खड्गबहादुर विक लगायतका नेता अझै पक्राउ पर्न सकेका छैनन् ।
देशभर बिस्फोटका घटना भइरहँदा नेत्रविक्रम चन्द विप्लव भने भारतमा रहेको प्रहरी स्रोतले बताएको छ । विप्लव केही समय अगाडि कपिलवस्तु हुँदै भारत पुगेको स्रोतको दावी छ । विप्लव केही समय अगाडि स्थलमार्ग हुँदै भारत गएको जानकारी प्रहरीसँग छ ।
तर उनी खड्गबहादुर विश्वकर्माको गृह जिल्ला कालिकोटमा बसेको जानकारी समेत आएको छ । केही साता अगाडि विप्लव कालिकोट पुगेकाले सुचना बाझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

