‘टाइगर जिन्दा है’ ले पहिलो दिनमै तोड्यो रेकर्ड
नयाँ दिल्ली: क्रिसमस र नयाँ वर्षको मौका छोपेर रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ ले बक्स अफिसमा एक नयाँ रेकर्ड बनाएको छ । फिल्मको पहिलो दिनको आम्दानी सुनेर तपाईँ पनि चकित पर्नुहुन्छ । सन् २०१७ मा सलमान खानको यस फिल्मका अलावा कुनै पनि अन्य फिल्महरुले यति धेरै कमाई गरेकै छैनन् । मिडिया रिपोर्टका अनुसार ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा करिब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यो कुराको आधिकारिक घोषणा भने हुन बाँकी छ । सुरुवाती रिपोर्ट अनुसारक आँकडा कायमै रहिरह्यो भने सलमानले बक्स अफिसलाई नयाँ सालको उपहार अहिलेबाटै दिएको मान्न सकिनेछ ।
सन् २०१७ मा इदको अवसरमा रिलिज भएको फिल्म ‘ट्यूबलाइट’ ले दर्शकलाई निराश पारेसँगै बक्स अफिसबाट पनि खासै रेस्पोन्स मिलेको थिएद्द । सलमान खानले ‘ट्यूबलाइट’ पछि गजब कमब्याक गर्दै सलमानले आफू पुरानै रंगमा फर्किएको सन्देश पनि दिएका छन् । पहिलो दिन फिल्म देखेर बाहिर निस्केका दर्शकको प्रतिक्रिया सुन्दा फिल्म राम्रो बनेको छ । दर्शकलाई यस फिल्ममा एक्सनज, रोमान्स, कथा र क्लाइमेक्स पनि मन परेको छ । यो ‘एक था टाइगर’ को सिक्वेल फिल्म हो । र, ५ वर्ष पहिले सलमान खानले यसै फिल्मबाट बक्स अफिसमा ३ सय करोड भन्दा धेरै आम्दानी गरेर ‘गजनी’ फिल्मको रेकर्ड तोडेको थियो ।
‘एक था टाइगर’ को कुल बजेट ७५ करोड थियो र फिल्मले करिब ३२० करोड रुपैयाँ आम्दानी गरेको थियो । अर्कातिर सलमान खानको पारिश्रमिक छाडेर ‘टाइगर जिन्दा है’ को कुल बजेट लगभग १५० करोड रुपैयाँ रहेको छ । सलमान खानको वार्षिक आम्दानी २३२ करोड रुपैयाँ थियो । यो फिल्मबाट करिब २०० करोड रुपैयाँ भन्दा धेरै आम्दानी बक्स अफिसलाई दिन सक्ने अपेक्षा गरिएको छ । यस फिल्मले विदेशमा पनि राम्रो प्रभाव छाडेको छ ।
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जनाए अनुसार अस्ट्रेलिया र न्यूजील्यान्डमा फिल्मको कमाई अपत्यारिलो रहेको छ । पहिलो दिन अस्ट्रेलियामा १.०१ करोड रहँदा न्युजिल्यान्डमा ३८.५४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । फिल्मले संयुक्त अरब एमिरेट्स (युएई) मा पनि धमाकेदार आम्दानी गरेको छ । यहाँ पहिलो दिनको कमाई ६.०८ करोड रुपैयाँ रहेको छ । अर्कातिर यो फिल्मले कुवेतमा प्रतिबन्धित हुँदा लगभग २ लाख डलरको घाटा भोगेको छ । तर पनि सलमानको यो फिल्मले कतिको असर छाड्न सक्छ भन्ने कुरा यो सातापछि थाहा हुनेछ । फिल्ममा को-स्टार क्याटरिना कैफ पाकिस्तानी आईएसआई एजेन्टको भूमिकामा छिन् । यस फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
