एल क्लासिकोमा बार्सिलोनासँग रियल पराजित भएपछि…
एजेन्सी– ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पारेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । राकिटिचले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेका स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातले रोकेकाले उनले सोझै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भयो । ह्यान्डबलवापत पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर गरे । म्याड्रिड १० खेलाडीमा सिमित भएपनि गोल गर्ने प्रयास भने जारी राख्यो । ७६ औं मिनेटमा ग्यारेथ बेलको प्रहार रोक्दै टेर स्टेगेनले बार्सिलोनाको दोब्बर अग्रता कायम राखे ।
भिडालले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको ३-० को जित पक्का गरे । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा उपस्थिति मजबुद गरेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग बार्सिलोनाको ९ अंकको अग्रता बनेको छ भने रियल बार्सिलोना भन्दा १४ अंक पछि परेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

