• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २२, २०८२
शुक्रबार, कार्तिक २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

२०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा दोहोरो अंकले घट्यो

२०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

  • ६. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ७. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

२ लाखभन्दा कम मूल्यमा बन्छ ‘अत्याधुनिक’ नेपाली घर

भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए । विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन् । यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ । बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ ।

‘अब घर बनाउँदा सोच्नै पर्ने बेला भएको छ, कंक्रिटका भन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घरहरू बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले नेपाली परम्परागत घरहरूलाई नै आधुनिक प्रविधि र डिजाइन गर्छौ, यो सुरक्षित पनि हुन्छ,सस्तो पनि हुन्छ ।’

आवारी आफैं पनि यस्ता घरहरू सस्तो मूल्यमा बनाइदिने दाबी गर्छ । दुई लाख रूपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्सा कोठा सहितको नेपाली परम्परागत घर बनाइदिन्छ । स्थानीय सामाग्री आफैसँग भएका ग्राहकका लागि अझै कम पैसामा यस्ता घर बन्छन् । नृपलका अनुसार, शहरमा बनाउँदा उनीहरू आफैले घरका लागि चाहिने सामाग्रीहरु खोजी गरेर ल्याउँछन्। गाउँमा भने स्थानीय सामाग्री नै प्रयोग गर्न सजिलो र राम्रो पनि हुन्छ ।

२२ ईन्चसम्मको जग लगाएपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ । खास गरि उनीहरू माटो थिचेर भित्ता उठाउँछन् । उनीहरूले बनाउने घरमा काठ र पिलरको सट्टा बाँसको प्रयोग गरिन्छ। ग्राहकले चाहे अनुसार भित्ता बाँस, माटो या ढुंगाको हुन सक्छ । छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता,स्लेट, खर जेले पनि छाउन सकिन्छ । माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ताहरु पोत्ने काम गर्छन् । ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारीले भने,‘हामीकहाँ धेरै थरि माटो छ त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिलै बिग्रदैँन भत्किएपछि पनि यसको फेरि प्रयोग गर्न सकिन्छ ।’

नृपलले यस्ता घर बनाउँदा ठाउँ हेरी बनाउन सुझाव दिएका छन् । उनका अनुसार, पहाड र हिमालमा बनाउँदा भित्तामा बाँस माटो र ढुँगा प्रयोग गर्न सकिन्छ । तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ । तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा या माटोको बनाउन सकिन्छ । तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे । माटोले वातावरणलाई मौसम अनुसार न्यानो र शीतल राख्न मद्दत गर्छ । यस्ता घरहरुलाई नृपल अर्ग्यानिक घर भन्छन् । यी घर खास गरि भूकम्प प्रतिरोधात्मक पनि हुन्छन् । बाँसलाई किराबाट जोगाउन यसको ट्रिटमेन्ट गरिने उनले बताए ।

‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थकै कारण छिट्टै किरा लाग्ने हुन्छ भन्ने चिन्ता थियो । तर, हामीले ट्रिटमेन्टको आइडिया निकाल्यौँ’ नृपलले भने । ट्रिटमेन्ट गरेपछि बाँसलाई झ्याप्प आगोले पनि नसमात्ने भैसकेको हुन्छ । तर आगो नै नलाग्ने भन्ने हुँदैन । अहिले नृपलको टिममा २५ जना छन् । गाउँगाउँबाट यस्ता घर बनाउन माग आएमा उनीहरू त्यहाँ गएर स्थानीयलाई तालिम दिने योजनामा छन् । तालिम पाएपछि जसले पनि यस्ता घर बनाउन सक्ने नृपलले बताए । उनले आफू नेपालका गाउँगाउँ सम्म पुगेर स्थानीय घर, प्रविधि र सामाग्रीको अध्ययन अनुसन्धान गरेको बताउँछन् । भारत, भुटान, उत्तर अमेरीका जस्ता ठाउँहरुमा उनले माटो र बाँसका घरहरु बनाउन सिकाइसकेका छन् । नेपालमा केही मात्रामा घर बनाएपछि उनको टिमले गतसाल भारतको विहारमा एक हजार वटा बाँसका घरहरु बनाएको थियो ।

भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए । विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन् । यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ । बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ ।

‘अब घर बनाउँदा सोच्नै पर्ने बेला भएको छ, कंक्रिटका भन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घरहरू बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले नेपाली परम्परागत घरहरूलाई नै आधुनिक प्रविधि र डिजाइन गर्छौ, यो सुरक्षित पनि हुन्छ,सस्तो पनि हुन्छ ।’

आवारी आफैं पनि यस्ता घरहरू सस्तो मूल्यमा बनाइदिने दाबी गर्छ । दुई लाख रूपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्सा कोठा सहितको नेपाली परम्परागत घर बनाइदिन्छ । स्थानीय सामाग्री आफैसँग भएका ग्राहकका लागि अझै कम पैसामा यस्ता घर बन्छन् । नृपलका अनुसार, शहरमा बनाउँदा उनीहरू आफैले घरका लागि चाहिने सामाग्रीहरु खोजी गरेर ल्याउँछन् । गाउँमा भने स्थानीय सामाग्री नै प्रयोग गर्न सजिलो र राम्रो पनि हुन्छ ।

२२ ईन्चसम्मको जग लगाएपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ । खास गरि उनीहरू माटो थिचेर भित्ता उठाउँछन् । उनीहरूले बनाउने घरमा काठ र पिलरको सट्टा बाँसको प्रयोग गरिन्छ । ग्राहकले चाहे अनुसार भित्ता बाँस, माटो या ढुंगाको हुन सक्छ । छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता,स्लेट, खर जेले पनि छाउन सकिन्छ । माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ताहरु पोत्ने काम गर्छन् । ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारीले भने,‘हामीकहाँ धेरै थरि माटो छ त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिलै बिग्रदैँन भत्किएपछि पनि यसको फेरि प्रयोग गर्न सकिन्छ ।’

नृपलले यस्ता घर बनाउँदा ठाउँ हेरी बनाउन सुझाव दिएका छन् । उनका अनुसार, पहाड र हिमालमा बनाउँदा भित्तामा बाँस माटो र ढुँगा प्रयोग गर्न सकिन्छ । तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ । तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा या माटोको बनाउन सकिन्छ । तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे । माटोले वातावरणलाई मौसम अनुसार न्यानो र शीतल राख्न मद्दत गर्छ। यस्ता घरहरुलाई नृपल अर्ग्यानिक घर भन्छन् । यी घर खास गरि भूकम्प प्रतिरोधात्मक पनि हुन्छन् ।

बाँसलाई किराबाट जोगाउन यसको ट्रिटमेन्ट गरिने उनले बताए ।‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थकै कारण छिट्टै किरा लाग्ने हुन्छ भन्ने चिन्ता थियो । तर, हामीले ट्रिटमेन्टको आइडिया निकाल्यौँ’ नृपलले भने । ट्रिटमेन्ट गरेपछि बाँसलाई झ्याप्प आगोले पनि नसमात्ने भैसकेको हुन्छ । तर आगो नै नलाग्ने भन्ने हुँदैन । अहिले नृपलको टिममा २५ जना छन्। गाउँगाउँबाट यस्ता घर बनाउन माग आएमा उनीहरू त्यहाँ गएर स्थानीयलाई तालिम दिने योजनामा छन् । तालिम पाएपछि जसले पनि यस्ता घर बनाउन सक्ने नृपलले बताए । उनले आफू नेपालका गाउँगाउँ सम्म पुगेर स्थानीय घर, प्रविधि र सामाग्रीको अध्ययन अनुसन्धान गरेको बताउँछन् । भारत, भुटान, उत्तर अमेरीका जस्ता ठाउँहरुमा उनले माटो र बाँसका घरहरु बनाउन सिकाइसकेका छन् । नेपालमा केही मात्रामा घर बनाएपछि उनको टिमले गतसाल भारतको विहारमा एक हजार वटा बाँसका घरहरु बनाएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना
    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा
    सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

    ताजा

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
    • राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
    • २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत
    • नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.