• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १० घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १० घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १२ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १३ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १४ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १५ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १७ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

यी हुन् आमा बनेका १० नेपाली चर्चित नायिका, कस्का छोराछोरीको नाम के ?

admin २०७४, पुष, १९

काठमाडाैं । आमा बनेपछि सबै महिलाको भूमिका बदलाव आउँछ । सिनेमा अझ त्यस्तो संसार हो, जहाँ काम गर्नका लागि सदैव फिट देखिनुपर्छ । अझ हिरोइनका लागि भने यो मापदण्ड अनिवार्यजस्तै हो । आमा बनेपछि महिलाहरुमा ठूलो शारिरीक परिवर्तन देखिने भएकाले उनीहरुले आफूलाई मेन्टेन गर्दै फिल्ममा ‘कमब्याक’ गर्नु अझ चुनौतीपूर्ण हुने गर्छ ।

तर, संसारमा केही हिरोइनहरुका यस्ता पनि छन् । जसको फिल्मी करिअर आमा बन्नुअघि र आमा बनिसकेपछि पनि कुनै परिवर्तन आएको पाइदैंन् । यस्तै हिरोइमा गनिन्छन्,—एन्जेलिना जोली । तर, नेपालमा भने हिरोइन आमा बनेपछि फिल्ममा ‘कमब्याक’ गरेका उदाहरण कम छन् ।

अझ गरिहाले पनि ती कमब्याक सुखद् हुन सकेका छैनन् । धेरैजसो नेपाली हिरोइनहरु आमा बनेलगतै फिल्मबाट गायब भएका छन् । कतिपय हिरोइनहरु आमा बनेपछि पनि निरन्तर नेपाली फिल्ममा सक्रिय त भएका छन् तर उनीहरुमध्ये धेरै कमले मात्र सुखद् नतिजा हात पारेका छन् । नेपाली सिने जगतमा लामो समय चर्चा बटुलेका धेरै हिरोइनहरु आमा बनेका छन् । तीमध्ये नेपालीपत्र डकटमले आमा बनेका १० नेपाली हिरोइनबारे तयार पारेको यो आलेखः

१. करिष्मा मानन्धर: सन्तानः कविता

सन् १९८८ मा ‘सन्तान’ फिल्मको ‘कान्ता’ नामकी युवतीको भूमिकामा १४ वर्षमै अभिनय यात्रा सुरु गरेकी हुन्—सदाबहार सुन्दरी नायिका करिष्मा मानन्धरले । त्यसपछि लगातार उनी नेपाली फिल्ममा सक्रिय छिन् । १९९२ मा ‘कस्तुरी’मा काम गर्दैगर्दा करिष्मा केसीको विनोद मानन्धरसँग प्रेम अंकुरायो । जुन प्रेमपछि विवाहमा बदलियो । करिष्मा आमा बनेकै झण्डै १९ वर्ष भइसकेको छ । उनकी छोरी कविता अमेरिकामा पढिरहेकी छिन् ।

‘दंगा फसाद’, ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’, ‘बाबुसाहेब’, ‘साथी’, ‘बसन्ती’, ‘ढुकढुकी’जस्ता सिनेमा अभिनय गरेकी छन् । करिष्मा अमेरिका बसेर फर्केपछि नेपाली फिल्ममा कमब्याक त गरिन् । तर, सफल भइनन् । त्यसैले उनले अहिले निर्माणमा हात हालेकी छिन् । उनको केही समय पहिले रिलिज भएको सिनेमा ‘फागु’ ब्यापारिक रुपमा खासै सफल हुन सकेन । तर, ४२ वर्षीया करिष्माको अहिले नेपाली फिल्म नगरीमा उतिकै चर्चा हुने गरेको छ । यतिमात्र होइन्, पछिल्लो समय करिष्मा फिल्मभन्दा पनि नयाँ शक्ति नेपालमार्फत राजनीतिमा सक्रिय रहेका कारण चर्चामा छिन् ।

२. विपना थापा : सन्तानः कुशाग्र

कुनै समय नेपाली सिने नगरीमा खुबै रुचाइएकी नायिका थिइन्, विपना थापा । ‘जन्मभूमी’, ‘आगो’, ‘मितिनी’जस्ता हिट फिल्मकी यी नायिका विवाहपछि भने गुनमान छिन् । सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह बन्धनमा बाँधिएकी विपनाले त्यसपछि पनि नेपाली फिल्म खेल्ने आशा धेरैले गरेका थिए । किनभने, उनको पति पनि नेपाली फिल्म निर्माणमा गर्थे । तर, विपना विहेलगतै श्रीमानको घर भारत गइन । विवाहको केही वर्षमै आमा बनेपछि भने विपनाको फिल्ममा कमब्याकको सम्भावना एकदमै फितलो बन्यो । गत वर्ष भूकम्पको राहत सामाग्री बोकेर नेपालमा माइती आएकी विपनाको अहिले नेपालको आवतजावत पनि निकै पातलो छ ।

३७ वर्षीया विपना नायिका त हुन नै उनी पेशाले फेसन डिजाइनर समेत हुन् । २०५३ सालमा ‘जन्मभूमी’ फिल्म खेलेपछि नेपाली रजतपटमा विपनाको चर्चा निरन्तर चलिरह्यो । त्यसपछि उनले ‘सहिद गेट’, ‘ख्यालख्यालैमा’, ‘मामा भान्जा’, ‘बरमाला’, ‘बेइमानी’, ‘राम बलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा पनि आफ्नो अभिनयको जादू देखाएकी थिइन ।

हाल उनी भारतको मथुरामा बसिरहेकी छिन् । अहिले उनका छोरा कुशाग्र स्कुल जाने उमेरका भइसके । उनले गत वर्ष भूकम्पपछि नेपालमा राहत बाँडन आएका बेला भने आफूलाई अझै पनि नेपाली फिल्ममा फर्किने ठूलो इच्छा भएको बताएकी थिइन । नेपाली फिल्ममा फर्किन कत्तिको मन छ? भनेर सोधिएको प्रश्नमा विपनाले भनेकी छिन्, ‘एकदम धेरै मन छ । मेरो श्रीमान पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय परिस्थितीले साथ दिएको छैन ।’

३. झरना थापा : सन्तानः सुहाना

सन् १९८१ मा जन्मिएकी झरना थापा नेपाली चलचित्र क्षेत्रकी अर्की सुन्दरी र चर्चित नायिका हुन् । प्युठान स्थायी घर भएकी झरना बिहेपछि चर्चा बटुलेकी सम्भवतः एकमात्र नायिका हुन् । ‘दाइजो’ चलचित्रमा काम गर्दागर्दै उनले सुनिलकुमार थापासँग सन् १९९८ मा प्रेम विवाह गरेकी थिइन । यी नायिकाले विवाहको अर्को वर्ष नै सुहानालाई जन्म दिइन । सुहाना अहिले १८ वर्षकी भइन । सन् २००२ मा ‘ए मेरो हजुर’जस्तो हिट फिल्म दिएकी झरना आमा बनेर पनि कमब्याक गर्न सफल नायिकामा गनिन्छिन् ।

आमा बनेको लगतै उनले ‘धर्मसंकट’ फिल्मबाट कमब्याक गरिन् । त्यसपछि उनले ‘गोर्खाली’ ‘जीवनसाथी’, ‘अञ्जली’, ‘भाइटीका’, ‘पूर्णिमा’, ‘सिउँदोको सिन्दुर’, ‘सुख दुःख’, ‘हामी तीन भाइ’, ‘मुग्लान’, ‘कहाँ छौं कहाँ’, ‘कालापानी’, ‘तकदिर’, ‘म तिमी बिना मरिहाल्छु’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् । झरना अब फिल्ममा आफै अभिनय गर्ने सम्भावना कम देखिन्छ । किनभने, उनको हिट बनेको फिल्म ‘ए मेरो हजुर’को सिक्वेलमा उनले अर्कै हिरोइनलाई अनुबन्ध गरेकी छिन् । बरु, झरना त्यो फिल्ममा निर्देशकका रुपमा देखिदैंछिन् । उनी निर्देशक बन्न लागेको सिनेमा ‘ए मेरो हजुर २’ होम प्रोडक्सन चलचित्र हो ।

४. सञ्चिता लुइँटेल : सन्तानः अर्थव र सानभी

कुनै समय आफ्नो सुन्दरताकै कारण चर्चाको शिखरमा थिइन—नायिका सञ्चिता लुइटेल । उनको फिल्म र अभिनय दुवैले राम्रै चर्चा र तारिफ बटुलेको थियो । सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सञ्चिताले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।

सन् २०१० मा सञ्चिताले सन् २००२ मा ‘पिजडा’बाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग विवाह गरिन् । त्यसअघिको पहिलो विवाह भने असफल भएको थियो । निखिलसँग विवाह गरेको एकवर्षपछि सन् २०११ को साउनमा उनले पहिलो सन्तानका रुपमा छोरा जन्माइन । त्यस लगतै उनी अर्को सन्तानकी आमा बनिन् । आफ्ना सन्तानहरु हुर्काउन केही खर्चेपछि उनी पुनः नेपाली सिनेमामा कमब्याकको तयारीमा छिन् । महत्वकांक्षी प्रोजेक्ट मानिएको निर्देशक योगेश घिमिरेको ‘राधा’बाट सञ्चिताको कमब्याक सशक्त हुने अपेक्षा गरिएको छ ।

५. मेलिना मानन्धर: सन्तानः मेलिस्का ढकाल

कुनै समयकी चर्चित नायिका हुन्—मेलिना मानन्धर । सन् १९९३ मा ‘मिलन’ फिल्मबाट नेपाली रजटपटमा उदाएकी यी नायिकाले त्यसपछि दर्जनौं फिल्ममा अभिनय गरिन् । ८ वर्षअघि जापानबाट फर्किएका मुकेश ढकालसँग प्रेम विवाह गरेकी हुन्, उनले । विहेपछि उनले पति मुकेशसँगै ‘हलचल’ फिल्ममा काम गरिन् । ‘सीमाना’, ‘अपराध’ ‘जाली रुमाल’, ‘बन्धन’, ‘दाइजो’ ‘रानीखोला’, ‘प्रियसी’, ‘माटो बोल्छ’, ‘मामाघर’ ‘अर्पण’ ‘छोराबुहारी’ ‘संगम’ ‘ज्वालामुखी’जस्ता फिल्ममा काम गरेकी मेलिनाको रुप, नृत्य र अभिनयको खुबै तारिफ हुन्थ्यो ।

मेलिना ‘करुणा’ नामक टेलिश्रृखलाबाट पनि चर्चा बटुल्न सफल नायिका हुन् । ३९ वर्षीया यी नायिकाले आफै निर्माता बनेर ‘ज्वालामुखी’ सिनेमा निर्माण गरेकी थिइन ।मेलिनाले विवाहको अर्को वर्ष २८ कात्तिक २०६७ मा पहिलो सन्तानका रुपमा छोरी मेलिस्कालाई जन्म दिएकी हुन् । आमा बनेको डेढ वर्षपछि उनले एक नेवारी फिल्ममार्फत कमब्याकको प्रयास गरेपनि त्यसपछि सिनेमामा देखिएकी छैनन् ।

६. अरुणिमा लम्साल : सन्तानः अक्षता

विराटनगरमा जन्मिएकी हुन्—नायिका अरुणिामा लम्साल । कुनै समयकी सम्भावना बोकेकी नायिका रुपमा अरुणिमालाई लिइन्थ्यो । अहिलेका कतिपय हिरोइनको तुलनामा उनको उनको चर्चा पनि चुलिएकै हो । ‘अजम्बरी’ फिल्मबाट रजतपटमा भित्रिएकी यी नायिकालाई मुख्य भूमिका देखिएको सिनेमा भने ‘धडकन’ हो । एकताका ‘गहना’ टेलिश्रृखलाबाट चर्चामा कमाएकी अरुणिमाले ‘अभिमन्यु’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नीज्वाला’, ‘भरोसा’, ‘वुवाआमा’, ‘के यो माया हो’ लगायतका झण्डै दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिन् ।

२०६२ सालमा बैंकर अमित अर्यालसँग प्रेम विवाह गरिन् अरुणिमाले । अरुणिमाले त्यसको केही वर्षमै छोरी जन्माइन् । अक्षता अर्याल उनकी छोरीको नाम हो । आमा बनिसकेपछि पनि ‘पिपल’ र ‘उर्वसी’बाट उनले नेपाली फिल्ममा कमब्याकको प्रयास त गरिन् । तर, उनको कमब्याक सुखद् हुन सकेन । सन् २०१२ मा ६ महिने छोरीलाई काखी च्यापेर अमेरिका उडेकी अरुणिमा अहिले अमेरिकामै रमाइरहेकी छिन् । कुनै समय गर्भवती हुँदा पनि फिल्म खेलु खेलु लाग्छ भनेर अन्तर्वार्ता दिएकी अरुणिलाई अहिले फिल्मभन्दा पनि अमेरिका प्यारो देखिएको छ ।

७. ऋचा घिमिरे : सन्तानः मिजास र महर्षि र एक छोरी

एकताकाकी चल्ती नायिका हुन् —ऋचा घिमिरे । काठमाडौंमा जन्मिएकी घिमिरे मोडलिङ, टेलिभिजन र म्युजिक भिडियो हुँदैं नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी हुन् । विं सं. २०६७ सालमा निर्देशक शंकर घिमिरेसँग ऋचा विवाह बन्धनमा बाँधिइन । त्यसपछि उनले सन् २०१२ मा पहिलो सन्तानलाई जन्म दिइन् । ३३ वर्षीया यी नायिकाले अहिले तीन वटा सन्तान छन् । अमेरिकाको बाल्टिमोरमा बस्दैं आएकी ऋचा तेस्रो सन्तानको रुपमा ९ असारमा छोरी जन्माएकी हुन् ।

यसअघि उनी दुई सन्तान मिजास र महर्षिकी आमा बनिसकेकी छिन् । विवाहलगतै ‘तुलसी’ सिनेमा निर्माण गरेर निर्माता समेत बनेकी काली सुन्दरी भनेर चिनिने ऋचाको नेपाली फिल्ममा कमब्याक पनि कथा नै बन्ने देखिन्छ । उनले ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘देशदेखि परदेश’लगायतका फिल्ममा अभिनय गरेर चर्चा बटुलेकी थिइन ।

८. झरना ब्रजाचार्य : सन्तान : इशान

पछिल्लो समयमा आमा बनेकी अर्की नायिका हुन्—झरना ब्रजाचार्य । उनले २८ चैत २०७२ मलेसियामा छोरा जन्माएकी हुन् । सन् २०१५ को मार्चमा भारतीय मूलका अमेरिकन ब्यवसायी राहुल अग्रवालसँग झरनाले लगनगाँठो कसेकी थिइन । उनी त्यसअघि नेपाली फिल्ममा सक्रिय रहेकी थिइन । सन् १९९७ की नेपाल सुन्दरी झरना नेपाली फिल्म दुनियाँमा सर्वाधिक आकर्षक नायिका मानिन्छिन् । उनले कुनै समय ‘म्युजिक भिडियो क्वीन’को छवि समेत बनाएकी थिइन । सन् १९९७ मा ‘हतियार’ सिनेमाबाट फिल्म क्षेत्रमा झरनाले डेब्यु गरेकी थिइन ।

उनले ‘लभ इन नेपाल’, ‘परेनी माया जालैमा’, ‘सिउदोको सिन्दुर’, ‘बादल पारी’, ‘कोही मेरो’लगायतका सिनेमामा अभिनय गरेकी छन । सन् १९८१ मा जन्मेकी झरनाले सिद्धार्थ बनस्थलीकी पढेकी हुन । सोसोलोजीमा डिग्री गरेकी झरनालाई वौद्धिक नायिका मानिन्छिन । ध्यान र पढ्न लेखनमा पनि उतिकै रुची भएकी नायिका हुन्, उनी । पहिलो सन्तान नै हुर्काइरहेकाले झरना पनि फिल्ममा कमब्याक हुने हुन वा होइनन् अहिल्यै भन्न सकिने अवस्था छैन ।

९. माल्भिका सुब्बा : सन्तानः जाइर रिओ

सन् २००२ की नेपाल सुन्दरी हुन्—माल्भिका सुब्बा । आमसञ्चारकी स्नाकोत्तर माल्भिकाको परिचय यतिमा मात्र सिमित छैन् । उनी अभिनेत्री, मोडल, सञ्चारकर्मीका साथै उद्यमी पनि हुन् । २०३८ सालमा जन्मिएकी सुब्बाले ‘गड लाइभ इन द हिमालयज, गुड बाई काठमाडूलगायतका फिल्ममा अभिनय गरेकी छिन् । माल्भिका अभिनयमा मात्र रमाइनन्, उनले फिल्म निर्माणमा पनि हात हालिन । केही समयअघि मात्र उनले निर्माण गरेको सिनेमा ‘हाउ फन्नी’ रिलिज भएको थियो ।

सञ्चारकर्मीका रुपमा कल कान्तिपुरलगायतका केही टेलिभिजन कार्यक्रममा समेत काम गरेकी माल्भिकाले लाइस्टाइल र फेशनसँग सम्बन्धित एक म्यागेजिनको प्रधान सम्पादकको जिम्मेवारी पनि सम्हालिन । उनले आफ्नै लगानीमा राजधानीमा एक लुगा पसल पनि सञ्चालनमा ल्याएकी छिन् । माल्भिकाले वि.सं. २०६९ सालको बैशाखमा रियाज श्रेष्ठसँग प्रेम विवाह गरिन् । त्यसको ४ वर्षपछि गत २ बैशाख २०७३ मा उनले पहिलो सन्तानका रुपमा छोरा जाइर रिओ सुब्बालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि माल्भिकाले सिनेमामा पुनरागमन गर्छिन कि गर्दिनन् त्यो भने निश्चित भइसकेको छैन् । किनभने, अहिले उनी सन्तान हुर्काउनमा ब्यस्त छिन् ।

१०. सुष्मिता बम्जन: सन्तानः अनमोल

सुष्मिता बम्जन कुनै समयकी नेपालकी गनिएकी हिरोइनमा हुन् । दार्जिलिङमा जन्मिएकी यी नायिकाको चर्चा त्यतिबेला चुलियो जब उनी भुवन केसीकी दोस्रो पत्नी बनिन् । ‘नेपालीबाबु’, ‘त तँ साह्रै बिग्रिस नि बद्री’, ‘सुपर स्टार’, ‘तिमी बिना मरिहाल्छु नि’जस्ता सिनेमामा देखिएकी यी नायिका भुवन केसीसँग विवाह पछि सुष्मिता केसीका नामले चिनिन् थालिन् । भुवन र सुष्मिताका अहिले छोरा छन्—अनमोल केसी । आपसी विवादपछि अहिले सुष्मिता र भुवन अलग—अलग बस्दैं आएका छन् । यो जोडीका छोरा अनमोल केसी भने अहिले सर्वाधिक चर्चामा रहेका युवा स्टार नायक हुन् ।

आमा बनेपछि सुष्मिताले फिल्ममा कमब्याक त गरिन् तर उनको कमब्याक पनि जबरजस्त हुन सकेन । अहिले उनी आफ्ना छोरा अनमोलको नाममा अनमोल क्रियसन नामक फिल्म निर्माण कम्पनी दर्ता गरेर फिल्म निर्माणमा सक्रिय बनेकी छिन् । उनले यही ब्यानरमा ‘म त तिम्रै हो’ भन्ने सिनेमा निर्माण गरिसकेकी छिन् । नेपालीपत्रबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.