Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, १९
दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा

दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा चार जना घाइते भएका छन् । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बीच आज क्याम्पसमै झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो । घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु (क्रान्तिकारी) का श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स