सुनवलका एक वार्ड अध्यक्षले खोलाबाट बालुवा चोरेपछि….
सुनवल, १९ पुस । सुनवल नगरपालिकाको एक वार्ड अध्यक्षको टयाक्टर तुरिया खोलाबाट बालुवा चोरी भाग्दै गर्दा गाउँलले टयाक्टरलाई समातेर प्रहरलाई बुझाएका छन् । सुनवल नगरपालिका २ स्थित तुरिया खोलाबाट टयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानिय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् ।
खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन गरि खोलाबाट बालुवा चोरी भाग्दै गर्दा स्थानियले टयाक्टर समाती प्रहरीलाई बुझाई कार्वाहीको माग गरेका छन् । पक्राउ परेको उक्त टयाक्टर सुनवल नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ । घरायसी प्रयोजनका लागि खोलाबाट बालुवा झिकेको स्थानियले आरोप लगाएपछि वार्ड अध्यक्षले, टयाक्टर मैले प्रयोग नगरेको भन्दै अर्काे व्यक्तिलाई टयाक्टर भाडामा दिएको सफाई दिए । अध्यक्ष यादवले भने, म बाहिर थिए मेरो टयाक्टर अरु कसैले प्रयोग गरेको छ मलाई यस विषयमा केहि थाहा छैन । प्रहरीको नियन्त्रणमा रहेको उक्त टयाक्टरको नम्बर पटक पटक प्रहरी संग माग गर्दा प्रहरीले दिन खोजेन ।
टयाक्टर खोलाबाट पक्राउ गरिएको होईन त्यसकारण यस विषयमा थप अनुसन्धान भैरहेकाले टयाक्टरको नम्बर र विवरण दिन नमिल्ने सुनवल प्रहरीले बहाना गरेको छ ।सन्चार माध्यमलाई टयाक्टरको नम्बर नदिनु र विवरण लुकाउनु पक्कै यस घटनालाई लुकाउन खोजिएको यहाँका संचार माध्यमहरुको आरोप छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

