कमल थापालाई अध्यक्षबाट हटाउने, यस्ता छन अारोप
काठमाडौं, २१ पुुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाको राजिनामा माँग भएको छ।
केन्द्रिय समितिको बैठक आज सकिने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीहरुले उठाएका विषयमा अध्यक्ष कमल थापाले जवाफ दिएपछि केही निर्णयहरु गर्दै आज बैठक सकिन लागेको हो ।
आजको बैठकमा बोल्न बाँकी केही केन्द्रीय सदस्य र पदाधिकारीहरुले बोलेपछि अध्यक्ष थापाले जवाफ दिने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष थापाले राजीनामा दिनु पर्ने माग गरेका छन् भने पार्टीलाई नयाँ नेतृत्व सहित अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।
अध्यक्ष थापाको एकलौटी स्वभावका कारण पार्टीमा भाँडभैलो भएको र पार्टी विभाजन भएको उनीहरुको आरोप छ । त्यसैगरी सत्ताका लागि जोसुकैसँग जतिबेला पनि मिलि दिन सक्ने चरित्रका थापाले देखाएकाले काँग्रेससँगको गठबन्धन बलियो बन्न नसकेको अधिकांश केन्द्रीय सदस्यहरुले टिप्पणी गरेका छन् ।
त्यस्तै अध्यक्ष थापाले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा पनि छोडेको र सिद्धान्तहिन राजनीति गरेको भन्दै केन्द्रिय सदस्यहरुको आरोप छ । उनीहरुले उठाएको जवाफ दिनेक्रममा अध्यक्ष थापाले राजीनामा नै घोषणा गर्ने संभावना भने कम रहेको नेताहरुले बताएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

