मोटरसाइकल दुर्घटना चालकको मृत्यु , मृतक संग २५ हजार भारतीय रुपैया
जानकारी केन्द्र
२०७४, पुष, २३
रबिन्द्र यादव/नवलपरासी
२२ पुस /नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक शनिबार साझ करिब साढे अाठ बजे अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपता मा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय रुपैया समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएको छ ।
मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ । हाल शव लाई पोष्टमार्टनका लागि जिल्ला पृथ्वी चन्द अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
