Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

मोटरसाइकल दुर्घटना चालकको मृत्यु , मृतक संग २५ हजार भारतीय रुपैया

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, पुष, २३
मोटरसाइकल दुर्घटना चालकको मृत्यु , मृतक संग २५ हजार भारतीय रुपैया
रबिन्द्र यादव/नवलपरासी
२२ पुस /नवलपरासीको सुरजपुरा देखि  प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल  प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक शनिबार साझ करिब साढे अाठ बजे अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपता मा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय रुपैया समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएको छ ।
मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ । हाल शव लाई पोष्टमार्टनका लागि जिल्ला पृथ्वी चन्द अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।
Top Changing Nepal

युट्युब सट्स