अदालतको अादेशमा पक्राउ परे डा. के सी, किन भने “जसको मान नै छैन उसको के को मानहानी” ?
२४, काठमाडौं | अनशनरत डाक्टर गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार डाक्टर केसीलाई अदालतको अवहेलना गरेको मुद्धामा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले पक्राउ गरेको हो ।
केसीलाई अनशनरत स्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको भ्यानमा राखेर महानगरीय प्रहरी प्रभाग सिंहदरबार लगेको हो ।
आजै अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।
उनलार्इ सिंहरदबार प्रहरी कहाँ राख्ने सम्भावना छ । केसीले अदालतको अवहेलना गरेको भन्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।
अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनवेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने भन्दै बिरोध गरेका थिए ।
‘जसको कुनै मान नै छैन उनको विरुद्धमा अनशन बस्न के को मानहानी,’ डाक्टर केसीले भने, ‘अदालतको प्रधान न्यायाधीश भ्रष्टहरुको पक्षमा फैसला गर्दै हिड्छन्। मलाई मेरो निर्णयमा कुनै पछुतो छैन।’
केसीले अदालतको सधै सम्मान गर्ने भए पनि अदालतको न्यायाधीशले न्याय बिक्री गरेको कारण अनशन बसेकाले अदालतले पक्राउ गरे नडराउने बताए। ‘सबै न्यायाधीश खराब छैनन्,’ केसीले भने, ‘मेरो अनशन उनीहरुविरुद्ध पनि होइन।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

