गगन थापालाइ यसरी ठुलो कालबाट जोगाएको रैछन एमाले नेता नेम्वाङले
काठमाण्डु, २५ पुस। कांग्रेस युवा नेता गगनकुमार थापाले आफूलाई पनि मानहानीको मुद्दा चलाउन सर्वोच्च अदालतलाई चुनौती दिएका छन् ।
डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा मंगलबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले आफूसहित केसीका पक्षमा उभिएका सबैलाई मानहानी मुद्दा लगाउन चुनौती दिए । यद्यपि उनले आफूहरु अदालतको विरोधमा नभई सम्मान बढाउन भेला भएको दाबी गरे । थापाले ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला राज्यद्रोहको मुद्दा लागेको र त्यस क्रममा इजलासमा भएको बहस स्मरण गरे ।
‘मेरो पक्षमा बहस गरिरहनुभएका सुवास नेम्वाङले श्रीमान् । एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’
नेम्वाङको तर्कपछि आफू तारेखमा रिहा भएको उनले सुनाए । अहिले पनि केसीलाई मानहानीमा पक्राउ गर्नु गलत भन्दै आफूहरु सडकमा आएकाले सके मुद्धा चलाउन उनले चुनौती दिए । ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु’, थापाले भने, ‘श्रीमान, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो मानहानी लागोस् ।’
केसीप्रति पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै थापाले अदालत कानुनको धारामा नभई जनताको विश्वासमा अडिनुपर्नेमा जोड दिए । जनताको विश्वास गुमाएका दिन अदालत लडखराउँने उनको भनाइ थियो ।-काठमाण्डु टुडे
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

