Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

११ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, २९
११ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अनिवार्यमा नेपालीमा ए प्लस, अंग्रेजीमा ए भन्ने मात्रै हुन्छ ।

परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ। परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ।

चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन्। विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ। एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ।

कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

Top Changing Nepal

युट्युब सट्स