कालो धनबारे ओलीलाई महतको सुझाब ‘हल्का फुल्का टिप्पणी गरेर सुशासन चल्दैन’
माघ १६, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई गलत भएको टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले कानुनअनुसार नै चल्नुपर्ने भन्दै वैध अवैधका बारेमा कसैले बोल्दैमा केही नहुने बताए ।
“कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ ।” महतले भने । “उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।”
नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । “नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन ।” महतले भने ।
देशको प्रधानमन्त्री बन्नका लागि तयार भएर बसेको व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद भएको महतको भनाई छ ।
अजेयराज सुमार्गीको प्रसङ्ग जोड्दै महतले जसले जहाँबाट पैसा ल्याएपछि कानुनबमोजिम ल्याएको भए वैध र कानुनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने बताए । “विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ ।” महतले भने ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

