• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १७ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १७ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १९ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २० घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २३ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

आवधिक योजनामा समावेश भएको १५ वर्षपछि सूचना बैँक संचालनको तयारी

admin २०७४, माघ, १६

आवश्यक बजेट नहुँदा संचालनमै समस्या 

मनोज पराजुली/गोपाल चन्द/माघ १६, काठमाडौँ । सूचना विभागले नेपालकै पहिलो सूचना बैँकको सेवा शुरु गर्ने तयारी गरेको छ ।

आवधिक योजनामा समावेश भएको पन्ध्र वर्षपछि सूचना बैँकको संचालन गरिन लागेपनि बजेट अभाबमा  सूचना बैँकको काम नै प्रभावित भएको छ । दशौँ आवधिक योजनामा सूचना बैँक स्थापना गर्ने लक्ष्य राखिएपनि १५ वर्षपछि सूचना विभागले सूचना बैँकको सेवा शुरु गर्न लागेको हो ।

सबै सरकारी निकायबाट उपलब्ध हुने सरकारी सूचना तथा जानकारीहरुलाई एउटै थलोबाट विधुतीय माध्यमबाट समेत उपलब्ध गराउने गरी ई लाईब्रेरी सहित सूचना बैँक्को स्थापना गरिन लागेको सूचना विभागका महानिर्देशक वीरबहादुर राईले बताए ।

सरकारी निकायमा कतिपय डकुमेन्ट हटाउने प्रवृति रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न त्रिवर्षीय योजना सहित सूचना बैँक स्थापनाको काम शुरु गरिएको उनले जनाए ।

सूचना बैँक के हो ? 

नेपाल सरकारका विभिन्न निकायबाटे दैनिक हुने विभिन्न निर्णय, नीति, रणनीति, कार्यविधि तथा निर्देशिकाहरुको सफ्टकपि तथा हार्डकपि संकलन गरी सूचना विभाग माताहत सूचना उपलब्ध गराउन सूचना बैकको आवश्यकता खोजिएको हो ।

 

विभिन्न सरकारी अध्ययन, अनुसन्धान प्रतिवेदन लगायत राष्ट्रका महत्वपुर्ण दस्तावेजहरु चाहिएमा उपलब्ध गराउन सूचना बैँकको स्थापना हुन लागेको सूचना विभागका महानिर्देशक वीरबहादुर राई बताउँछन् ।

वर्षौदेखिको सरकारी रणनीति भएपनि सरकारी निकायकै उपेक्षा हुँदा सूचना बैँक स्थापनामा ढिलाई भएको भन्दै उनले भने ‘विभागकै चौथो तल्लामा रहेका पुराना सामाग्री हटाएर धुलो टक्टकयाउँदै सूचना बैँक संचालनको लागि प्रक्रिया अगाडि बढाएँ ।’

सूचना बैँक संचालनमा आएसँगै आवश्यक डकुमेन्टहरु थप गदै लैजाने योजना रहेपनि सरकारी निकायले नै आवश्यक सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको उनले गुनासो गरे ।

दशौँ आवधिक योजनदेखि  निरन्तर समावेश

दशौँ आवधिक योजना (२०५९/६०–२०६३/६४) मा प्रेस सूचना सुदृढीकरण अन्तरगत सूचना बैँकको स्थापना गर्ने तथा सूचना विभागसँग अन्य निकायसँगको ब्रोडव्याण्ड नेटवर्किङ गर्ने उल्लेख गरिएको थियो ।

त्यसैगरी सूचना बैँक व्यवस्थित गर्न एघारौँ त्रिवर्षीय अन्तरिम योजनाले रणनीतिक योजनाको रुपमा सूचना विभागमा सञ्चार नेटवर्किङको व्यवस्था गर्ने एवं पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, जिम्मेवार, आत्मनिर्भर र संस्थागत बनाई जनतालाई सूसुचित हुने वातावरण तयार गरी पारदर्शिता र सुशासनको अनूभुति गराउन सूचना विभागमा सूचना बैँक स्थापना गर्ने उल्लेख गरेपनि काम अगाडि बढ्न सकेन ।

एघारौँ योजनामा रणनीतिको रुपमा समावेश भएको सूचना बैँक स्थापना गर्ने कामलाई १२ औँ त्रिवर्षीय योजनामा कार्यनीतिको रुपमा संचार क्षेत्रलाई प्रभावकारी बनाई पाँचवटै सञ्चार केन्दहरु र सूचना विभागको बीचमा पोर्टल प्रयोगमा इन्टरलिङ्क गरी सञ्चार केन्दहरु समेत इन्फरमेशन हवको रुपमा विकास गर्ने लक्ष्य राखिएको थियो ।

सोहि कार्यनीतिलाई निरन्तरता दिँर्दै १४ औँ योजनाले नेपाल सरकारबाट प्रवाह हुने सूचनाहरु सूचना विभाग मार्फत प्रवाह हुनेगरी सूचना विभागलाई सूचना बैँकको रुपमा विकास गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको छ ।

आवश्यक बजेट विनियोजन भएन

आर्थिक वर्ष २०७४/७५ को बजेट वक्तव्यमा सरकारी निकायबाट प्रकाशित सामाग्री,सूचना तथा निर्णयहरु एकिकृत रुपमा विधुतीय माध्यमबाट समेत उपलब्ध गराउने गरी सूचना विभागमा सूचना बैँक स्थापना गरिने उल्लेख भएपनि अर्थ मन्त्रालयले बजेटको व्यवस्था नगर्दा सेवा सूचारु गर्न असहज भएको सूचना विभागका महानिर्देशक वीरबहादुर राईले गुनासो गरे ।

 

सूचना विभागले सूचना बैँक संचालनको लागि सूचना संकलन,अभिलेखन वितरण , जनशक्ति व्यवस्थापन, संचालन खर्चलाई  समेटेर त्रिवर्षीय बजेट खर्च प्रक्षेपण गरिएको महानिर्देशक राईले बताए ।

त्रिवर्षीय योजना सहित शुरु गरिएको सूचना बैँक स्थापनाको लागि चालु आर्थिक वर्षमा ७० लाख र दोस्रो,तेस्रो वर्षमा ७७ लाख लागत लाग्ने आकलन गरिएपनि अर्थ मन्त्रालयबाट बजेट उपलब्ध नहुँदा नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा काम शुरु गरिएको राईले बताए ।

जनशक्ति व्यवस्थापन गर्न चुनौति

सूचना बैँक स्थापनाको शुरुवातमा धेरै कामहरु गनुपर्ने भएपनि आवश्यक जनशक्ति सूचना विभागसँग नभएको विभागका महानिर्देशक राई बताउँछन् ।

सूचनाहरुको सफ्टकपि र हार्डकपिको रुपमा राख्नुपर्ने हुँदा एक आइटी सफ्टवेयर इन्जिनियर,केहि टेक्निसियन तथा सूचना व्यवस्थापन अधिकारी लगायत कर्मचारी आवश्यक भएपनि उपलब्ध छैन राइले भने ‘सरकारसँग कर्मचारी माग गरिएपनि उपलब्ध भएको छैन ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.