नहरमा डुबदै गरेको बुवालाई बचाउन जादा छोरा बुवा बेपत्ता ।
जानकारी केन्द्र
२०७४, माघ, २६
रबिन्द्र यादव/ नवलपरासी
। नवलपरासीको पश्चिम गण्डक नहरमा डुबेर २ जना स्थानिय बेपत्ता भएका छन् । जिल्लाको सुस्ता गाउपालिका महलबारी हुदै भारत बगेको गण्डक नहरमा नुहाउने क्रममा ति दुई जना स्थानिय डुबेर बेपत्ता भएका हुन ।
बेपत्ता पर्नेमा सुस्ता गाउपालिका वडा न.२ फेनहरा बस्ने ५५ बर्षिय छोटे बनीया र उनको आफनै छोरा २२ बर्षिय ब्रिजेश बनीया रहेकोे इलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ । प्रहरीका अनुसार बेपत्ता परेका ति दुबै बाबू छोराको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ । नहरमा धेरै पानी भएकाले शव खोज्न समस्या भइरहेको तथा नहरको पानी सुकाउने कार्य जारी रहेको बताइएको छ ।
आज विहान ११.३० बजेको समयमा नहरमा नुहाएर मदारबाबा मेला जाने तयारीमा रहेका छोटे बनिया नहरमा नुहाउदै गर्दा एक्कासि डुब्न थालेपछि उनका छोरा ब्रिजेश बुवालाई बचाउन जाँदा पानीको तेज बहावले दुबै डुबेर बेपत्ता भएको प्रत्यक्षद्रशीले बताउछन् । नजिकै महलबारी प्रहरी चौकी पनि रहेको छ तर प्रहरीको पुर्व तयारी नहुदा दुबै जना बेपता भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

