Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आज पनि पार्टी एकताको काम अगाडी नबढेपछि बाध्य भएर मुख खोले प्रचण्डले,कारण यस्तोपो रैछ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, माघ, २७
आज पनि पार्टी एकताको काम अगाडी नबढेपछि बाध्य भएर मुख खोले प्रचण्डले,कारण यस्तोपो रैछ

२६ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् ।

 

शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।

केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्‍याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’

एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताए ।

अर्को एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुनेे बताए ।
अनलाइन खबरबाट

Top Changing Nepal

युट्युब सट्स