डा. केसी संगै फेरी उर्लिए जनता जसरि भए पनि पराजुलीलाई जेल हाल्नुपर्छ
१२ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ ।
पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।’
आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखे ।
‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’
अघि भने, ‘त्यो मात्र होइन । उनले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’
डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाए । उनले भने, प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा -नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उनलाई जेल चलान गर्नुपर्छ ।’
onlinekhabar बाट साभार
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

