• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

मदार मेलामा यसपालि किन सिसी टिभी क्यामेरा लगाइयो ?

रबिन्द्र यादव/नवलपरासी
नवलपरासीको एतिहासिक एवं धार्मिक मदारबाबाको मुख्य स्थलमा चढाईने भेटि रकम सिसी टिभी क्यामेराको निगरानीमा राखिएको छ । विगतका वर्षहरुमा मदारबाबामा संकलन हुने भेटीको रकम हिनामिना हुने, भष्टाचार हुने गरेको भनी जन गुनासो तथा संचार माध्यममा अाउने गरेकोले यसपटक ईतिहासमै सिसि टिभी क्यामेरा र प्रशासनको निगरानीमा भेटी रकम सुरिक्षत गर्ने कार्य भैरहेको बताइएको छ । यसैगरी गत बर्षका अध्यक्ष जमालुदिन अन्सारीले अाफ्नो कार्यकालमा ४५ लाख भन्दा बढि रकमको भ्रष्टाचार गरेको बताएको थियो ।
दुई साता चल्ने मदारबाबा मेलामा, बाबाको मुख्य धार्मिक स्थलमा गत वर्ष १७ लाख ४४ हजार भेटी रकम संकलन भएको थियो तर यस पटक नव गठित मेला समितिले ईमान्दारिता पुर्वक संकलन गर्दै आएको भेटी रकम मेला १ दिन बाकी रहदै १७ लाख ५९ हजार २ रुपिया संकलन गरिसकेको कुतुबुल मदार शाह दरगाह कमेटी महलबारीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले जानकारी दिए ।
उनले भने ईतिहासमै पहिलो पटक मदारबाबाको मुख्य धार्मिक स्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । पहिला सिसी टिभी क्यामेरा र प्रशासनको निगरानी नराखीकन पुर्व कमेटीका पदाधिकारीहरुले मेलामा संकलित भेटीका रकमहरु हिनामिना गरि अपचलन गर्दै आएका थिए तर यसपटक भेटीको रकम सुरक्षित र पारदर्शी बनाउन सिसी टिभी क्यामेरा जडानका साथै प्रशासनको निगरानी पनि बढाइएको कोषाध्यक्ष अंसारीले बताए ।
माघ २२ गते देखि संचालनमा आएको यस मदारबाबा मेलाको ५ दिनमा करिब २ लाख दर्शकले मेला अवलोकन गरिसेकेको कमेटीका सचिव अजमुद्दिन मिँयाले बताए । उनले भने वर्षेनी नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा लाग्दै आएको मदारबाबा मेलामा नेपाल भारतको विभिन्न क्षेत्रबाट लाखांै पर्यटक तथा श्रद्धालुहरु आउने गरेका छन् । मेलामा नेपाल भन्दा बढि भारतीय र हिन्दु समुदायका श्रद्धालुको भिडभाड देख्न पाईन्छ । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ ।
मदारबाबाको प्रमुख धार्मिक स्थल महलबारी बजारबाट करिब ९.५ किलोमिटर पहाड माथि मदारिया डाँडाँमा अवस्थित छ जहाँ भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र दुखियाको दुख हरन हुने धार्मिक मुल्य मान्यता रहि आएको पिठाधिस अमिरुल्लाह अंसारीले बताए ।
मदारबाबाको वास्तीक नाम हजरत हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरिया देशको हबल सहरमा जन्मेका थिए । बाबा ईस्लाम धर्मको तबलिगका लागि सिरियाबाट साउदी अरब हुदै भारत र नेपाल आई पुगेका थिए । ५ सय वर्ष, ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबा त्यतीबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै सिद्धी प्राप्त गर्न नेपालको मदारिया पहाडमा आईपुगे । मदारबाबा महलबारीको उक्त मदारिया पहाडी डाँडामा ४० दिनसम्म तपस्या गरि सिद्धी प्राप्त गरेपछि सो ठाउँले महत्व पाएको हो ।
मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ४ देखि ५ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदारबाबाको मेला महलबारी बजारमै लाग्ने गरेपनि श्रद्धाले भक्तजनहरु डाँडामा अवस्थित बाबाको मुख्य स्थलमा पनि पुग्ने गरेका छ । मदारबाबा मेलामा आउने श्रद्धालुहरुका लागि कमेटीले तल बास स्थान, भोजनालय, शौचालय, खानेपानी, शान्ती सुरक्षाको व्यवस्था मिलाएको छ तर माथि मदारिया पहाडी डाँडामा अवस्थित बाबाको मुख्य धार्मिक स्थलमा खानेपानी, शौचालय, पहाड चढनका लागि व्यस्थित बाटो एवं सिढी, बास स्थान लगायतको समस्या भने उस्तै छ । वर्षेनी रहीरहने यस्ता समस्या तर्फ सरकारको ध्यान पुगो भनि श्रद्धालुहरुको आग्रह छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.