• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १९ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १९ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २१ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २२ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

मदार मेलामा यसपालि किन सिसी टिभी क्यामेरा लगाइयो ?

admin २०७४, फाल्गुन, १३
रबिन्द्र यादव/नवलपरासी
नवलपरासीको एतिहासिक एवं धार्मिक मदारबाबाको मुख्य स्थलमा चढाईने भेटि रकम सिसी टिभी क्यामेराको निगरानीमा राखिएको छ । विगतका वर्षहरुमा मदारबाबामा संकलन हुने भेटीको रकम हिनामिना हुने, भष्टाचार हुने गरेको भनी जन गुनासो तथा संचार माध्यममा अाउने गरेकोले यसपटक ईतिहासमै सिसि टिभी क्यामेरा र प्रशासनको निगरानीमा भेटी रकम सुरिक्षत गर्ने कार्य भैरहेको बताइएको छ । यसैगरी गत बर्षका अध्यक्ष जमालुदिन अन्सारीले अाफ्नो कार्यकालमा ४५ लाख भन्दा बढि रकमको भ्रष्टाचार गरेको बताएको थियो ।
दुई साता चल्ने मदारबाबा मेलामा, बाबाको मुख्य धार्मिक स्थलमा गत वर्ष १७ लाख ४४ हजार भेटी रकम संकलन भएको थियो तर यस पटक नव गठित मेला समितिले ईमान्दारिता पुर्वक संकलन गर्दै आएको भेटी रकम मेला १ दिन बाकी रहदै १७ लाख ५९ हजार २ रुपिया संकलन गरिसकेको कुतुबुल मदार शाह दरगाह कमेटी महलबारीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले जानकारी दिए ।
उनले भने ईतिहासमै पहिलो पटक मदारबाबाको मुख्य धार्मिक स्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । पहिला सिसी टिभी क्यामेरा र प्रशासनको निगरानी नराखीकन पुर्व कमेटीका पदाधिकारीहरुले मेलामा संकलित भेटीका रकमहरु हिनामिना गरि अपचलन गर्दै आएका थिए तर यसपटक भेटीको रकम सुरक्षित र पारदर्शी बनाउन सिसी टिभी क्यामेरा जडानका साथै प्रशासनको निगरानी पनि बढाइएको कोषाध्यक्ष अंसारीले बताए ।
माघ २२ गते देखि संचालनमा आएको यस मदारबाबा मेलाको ५ दिनमा करिब २ लाख दर्शकले मेला अवलोकन गरिसेकेको कमेटीका सचिव अजमुद्दिन मिँयाले बताए । उनले भने वर्षेनी नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा लाग्दै आएको मदारबाबा मेलामा नेपाल भारतको विभिन्न क्षेत्रबाट लाखांै पर्यटक तथा श्रद्धालुहरु आउने गरेका छन् । मेलामा नेपाल भन्दा बढि भारतीय र हिन्दु समुदायका श्रद्धालुको भिडभाड देख्न पाईन्छ । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ ।
मदारबाबाको प्रमुख धार्मिक स्थल महलबारी बजारबाट करिब ९.५ किलोमिटर पहाड माथि मदारिया डाँडाँमा अवस्थित छ जहाँ भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र दुखियाको दुख हरन हुने धार्मिक मुल्य मान्यता रहि आएको पिठाधिस अमिरुल्लाह अंसारीले बताए ।
मदारबाबाको वास्तीक नाम हजरत हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरिया देशको हबल सहरमा जन्मेका थिए । बाबा ईस्लाम धर्मको तबलिगका लागि सिरियाबाट साउदी अरब हुदै भारत र नेपाल आई पुगेका थिए । ५ सय वर्ष, ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबा त्यतीबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै सिद्धी प्राप्त गर्न नेपालको मदारिया पहाडमा आईपुगे । मदारबाबा महलबारीको उक्त मदारिया पहाडी डाँडामा ४० दिनसम्म तपस्या गरि सिद्धी प्राप्त गरेपछि सो ठाउँले महत्व पाएको हो ।
मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ४ देखि ५ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदारबाबाको मेला महलबारी बजारमै लाग्ने गरेपनि श्रद्धाले भक्तजनहरु डाँडामा अवस्थित बाबाको मुख्य स्थलमा पनि पुग्ने गरेका छ । मदारबाबा मेलामा आउने श्रद्धालुहरुका लागि कमेटीले तल बास स्थान, भोजनालय, शौचालय, खानेपानी, शान्ती सुरक्षाको व्यवस्था मिलाएको छ तर माथि मदारिया पहाडी डाँडामा अवस्थित बाबाको मुख्य धार्मिक स्थलमा खानेपानी, शौचालय, पहाड चढनका लागि व्यस्थित बाटो एवं सिढी, बास स्थान लगायतको समस्या भने उस्तै छ । वर्षेनी रहीरहने यस्ता समस्या तर्फ सरकारको ध्यान पुगो भनि श्रद्धालुहरुको आग्रह छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.