Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

जलजला संग अनुराग,यसरी भक्कानिए परिवार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, १३
जलजला संग अनुराग,यसरी भक्कानिए परिवार

काठमाण्डौ।
बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्यु संग लडिरहेकी दुवै मृगौला फेल गायिका जलजला परियारलाइ लालीगुराँस डटकम टिम र चलचित्र अनुराग टिम मिलेर सहयोग रकम हस्तान्तरण गरेको छ।

चलचित्र अनुरागाकी नायिका पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम “धमला”,चलचित्र निर्देशक सत्यराज चौलागाईं,लालीगुराँस डटकमका संचालक कमल सरगम,चलचित्र अनुरागका नायक समुन्द्र पण्डित,ठिलेन लामा,अनुराग चलचित्रका लाइन प्रोडूसर दिपक गौतम,लालीगुराँस डटकमका प्रधान सम्पादक चक्र साउद आर सी लगाएतका टिम टिचिङ अस्पताल पुगेको थियो।

रु २९ हजार ५ रुपयाँ रकम हस्तान्तरण गर्दै नायिका एलिजा गौतमले जलजलालाई स्वास्थ्य लाभको कामना गरेकी हुन् ।लालीगुराँस डटकमको लागि हाम्रो मालिका अनलाइन दोहोरीको तर्फबाट रु १० हजार त्यस्तै समाजसेवी अजित राईको टिमबाट रु ६ हजार ३ सय र बाँकी अनुराग र लालीगुराँस टिमकै तर्फबाट बाँकी रकम हस्तान्तरण गरेका थिए ।

https://www.youtube.com/watch?v=D2XBLImGhrU

Top Changing Nepal

युट्युब सट्स