नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागेपछि
फागुन १७, काठमाडौँ । कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् ।
उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् ।
सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार रुपैयाँ दिने भएपछि कुर्मी बुढेसकालमा नागरिकता बनाउन तातेकी हुन् ।
उनका छोराहरु पनि आमाको नागरिकता बनाउन अग्रसर छन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ ।
चार छोरा र श्रीमानको नागरिकता बनेको छ तर उनको छैन । आमाको नागरिकता बनाउन जुटेका छोराहरु वडाध्यक्षले नाता प्रमाणित प्रमाणपत्रमा हस्ताक्षर गर्न नमानेपछि चिन्तामा परेका छन् ।
वडा नम्बर –६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणित गर्न एक बिघा जग्गा दिनुपर्ने सर्त राखेका छन् । जग्गा नदिँदासम्म सिफारिस नगर्ने उनको अडान छ ।
‘वडाध्यक्षले नाता प्रमाणित गर्न १ बिघा जग्गा माग्नुभयो,’ कुर्मीका छोरा सोमइले भने, ‘हामीले जग्गा दिन सकेनौं त्यसैले सिफारिस रोकिएको छ ।’
गाउँ विकास समिति हुँदादेखि नै नागरिकता बनाउन प्रयास गरेको तर नबनेको गुनासो उनले पोखिन् । ‘बुढेसकालमा नागरिकता बनाऊँ भन्ने धोको थियो, अधुरै रहने भयो,’ ७० बर्षीया कुर्मीले भनिन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

