प्रधानमन्त्री ओली र अमेरिकी राजदूत भेटेर यसो भने
काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत अनाइना बि. टेप्लिजले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अमेरिकी सरकारले नेपालको विकास लगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपालको उर्जा र यातायातको सुदृढिकरणमा ६३० मिलेनियम अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल सुरु गर्न आग्रह गर्नुभएको छ ।
राजदुत टेप्लिजले नेपालको विकाश, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टेप्लिजले सरकारलाई नीतिगत सुधार,सुशासन,विकास र संरचनागत परिवर्तनमा शसक्त कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदुतको ध्यानआकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, शुसाशन, विकास र समृद्धिका लागि प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

