• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

नेप्से आज घट्यो कि बढ्यो ?

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत पुग्यो

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ खिच्ने

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

लोकप्रिय समाचार

  • १. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ६. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

  • ७. २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

बैठक शुरु हुनुअघि एमाले-कांग्रेसबीच हानाहान

जनकपुरधाम, २५ फागुन- प्रदेश नम्बर २ को प्रदेशसभा बैठक शुरु हुनुअघि शुक्रबार रोचक दृष्य देखियो । प्रदेशसभा सचिवालयले सदनको बायाँ रोमा एमाले सांसदहरू बस्ने डेक्सअगाडि प्रमुख प्रतिपक्ष भनेर स्टिकर टाँसेको थियो ।

जब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सभाहलमा प्रवेश गरे, तब लफडा शुरु भयो । यादवले प्रमुख प्रतिपक्षी दलको स्टिकर एमालेलाई किन दिइएको भन्दै आपत्ति जनाए । एमाले र माओवादी केन्द्रले सरकारलाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षी आफूहरू रहेको उनको जिकिर थियो ।

उनी यदि एमालेलाई नै प्रमुख प्रतिपक्षको रो दिने हो भने आफू आफ्नो सिटमा नै नबस्ने तथा सदन चल्दासम्म उभिएरै रहने चेतावनी दिँदै पड्किएका थिए ।

सदनमा सरकारबाहिरको सबैभन्दा ठूलो दललाई प्रमुख प्रतिपक्ष मान्ने गरिन्छ । प्रमुख प्रतिपक्षी दलको नेताले आकर्षक सेवा/सुविधासमेत पाउँछन् ।

प्रदेश २ को प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी सरकारमा छन् । तेस्रो ठूलो दल एमाले, चौंथो कांग्रेस र पाँचौं माओवादी केन्द्र हुन् ।

त्यसैले सरकारभन्दा बाहिरको ठूलो दलको हैसियतमा संसद सचिवालयले एमालेलाई प्रमुख प्रतिपक्ष मानेको थियो । यद्यपि यही फागुन १० गते मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदा कांग्रेसबाहेकका सबै दलले पक्षमा मतदान गरेका थिए ।

सरकार बाहिरैबाट समर्थन दिँदै एमाले र माओवादीका सांसदहरूले पनि पक्षमा मतदान गरेका हुन् । त्यसै वैधानिकरूपमै आफूहरू प्रमुख प्रतिपक्षी भएको कांग्रेसको दाबी छ ।

कांग्रेस संसदीय दलका नेता यादवले आपत्ति जनाउँदै बैठक चल्न नदिने अडान लिएपछि एमालेको डेस्कबाट प्रमुख प्रतिपक्षको स्टिकर हटाएर एमाले, कांग्रेस तथा माओवादी तीनवटैकोमा प्रतिपक्षी भनेर टाँसियो ।

प्रदेश २ मा फोरमका २९, राजपा नेपालका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेपाल संघीय समाजवादी पार्टीका १ र स्वतन्त्र १ सांसद छन् ।

तीनवटै दल सभामुखको बायाँतर्फ

प्रदेशसभामा सभामुख सरोजकुमार यादव बस्ने रोको बायाँतर्फ एमाले, कांग्रेस र माओवादीका सांसदहरूलाई बस्ने व्यवस्था गरिएको छ । तीनवटै दल प्रतिपक्षी रोमा बसे पनि एमाले–माओवादीले सरकारका पक्षमा मतदान गरेकाले आफूहरू नै प्रमुख प्रतिपक्षी रहेको कांग्रेसको जिकिर छ ।

‘फोरम र राजपा गठबन्धनले नेतृत्व गरेको प्रदेश सरकारलाई एमाले र माओवादी केन्द्रले समर्थन गरिसकेपछि अब उनीहरू पनि सत्तापक्ष नै भइसके,’ कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘प्रमुख प्रतिपक्षी दल स्वाभाविकरूपले कांग्रेस हो, त्यसकारण प्रमुख प्रतिपक्षी दलको नेता म नै हुँ ।’

यद्यपि एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल भने आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको जिकिर गर्छन् । ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेको हो, सरकारमा सहभागी भएको होइन,’ मण्डलले भने, ‘फोरम र राजपा सरकारमा छ । एमाले तेस्रो ठूलो दल भएकाले प्रमुख प्रतिपक्षी दलको रूपमा एमाले नै रहने छ ।’

उनको कुरामा माओवादी केन्द्रका सांसद रामचन्द्र मण्डल पनि सहमति जनाउँछन् । ‘संघीयतालाई र प्रदेशलाई परिपक्व बनाउनका लागि गुण र दोषको आधारमा हेर्ने गरी हामीले बाहिरबाट मात्रै समर्थन गरेको हो, हामी पनि प्रतिपक्षी छौं,’ उनले भने, ‘सरकारले हामीलाई सत्तापक्ष बनाउन कुनै चासो नै दिएको छैन ।’

केन्द्रमा फोरम–राजपासमेत सरकारमा सहभागी भएर गठबन्धन बने प्रदेशसमा पनि त्यो सम्भावना भने रहेने उनको भनाइ छ । ‘माथि गठबन्धन नबनेको खण्डमा पनि प्रदेश सरकारले हामीलाई सत्तामा लान चाहन्छ भने त्यसका लागि हामी अझै पनि खुला छौं,’ मण्डलले भने ।

प्रदेश २ मा कुल १०७ सांसद छन् ।

पाँच मिनेट मात्र बस्यो बैठक

शुरुमै विवाद भएर शुरु भएको संसद बैठक ५ मिनेटमात्र बस्यो । सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटप्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि बैठक फागुन २७ गते आइतबार सम्मका लागि स्थगित गरियो ।

बैठकअघि कार्यव्यवस्था समितिको बैठकबाट को प्रमुख प्रतिपक्षी भन्ने कुरा टुङ्ग्याउने भनिए पनि यसविषयमा छलफल नै भएन ।

आगामी बैठकअघि पनि यो विवाद सल्टिने सम्भावना नदेखिएको कांग्रेस संसदीय दलका नेता यादव बताउँछन् । ‘आगामी बैठकमा आर्थिक नियमावलीसम्बन्धी विधेयक ल्याउन सरकारले तयारी गरेको छ, त्यसपछि २८ गते राष्ट्रपतिको निर्वाचनका लागि सांसदहरू काठमाडौं जानुपर्ने हुन्छ, त्यसैले तत्काल समधान हुने छाँटकाँट देखिएको छैन,’ यादवले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं
    सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत पुग्यो
    टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

    लोकप्रिय

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

    ताजा

    २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

    फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    नेप्से आज घट्यो कि बढ्यो ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा
    • फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.