बेवारीसे सवको सामुहिक दाह संस्कार पशुपतिमा लगेर यसरि गरिन्छ
जानकारी केन्द्र
२०७४, फाल्गुन, ३०
फागुन ३०
एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका १३ वटा बेवारिसे शव संकलन गरी बुधबार सामुहिक दाहसंस्कार गरेको छ । संश्थाका अध्यक्ष ललितपुर, टिकाथली निवासी विनय जंग वस्नेतले ललितपुर महानगर पालिका र नेपाल प्रहरीको विशेष सहयोग र संश्थका अन्य साथि तथा शुभ चिन्तकहरूको सहयोगमा विगत ३ वर्ष पहिलेदेखि अस्पतालका रहेका बेवारिसे शवहरूलाइ दाग बत्ति दिदै आएका छन् ।
संश्थाका अध्यक्ष विनय जंग वस्नेतले भने ” एक्लो अवश्थामा मैले एक्लै अाँट गरेर सुरू गरेको यो पवित्र काममा स्वतस्फुर्त रूपमा साथि भाइ तथा शुभ चिन्तक हरूको सहयोग र हाैसला थपिदै अाएको ले यस्तो परोपकारी काम लाइ अझ व्यवश्थतित रूपमा विस्तार गर्दै लैजानेमा अाफु दिन रात लागि रहेको छु कति ले झुटा अाश्वाशन दिने , गलत काम भन्ने गरे तथा डर देखाउने गरे ता पनि यो काम अाफ्नो अन्तरअात्माले भनेको काम भएको ले जस्ता सुकै कठिन परिश्थतिको सामना गर्नु परे पनि अाफ्नो जिम्वेवारी र कर्तव्य बाट पछि हटेर कुनै पनि हालतमा अाफ्नो अात्मा मारेर निहित स्वार्थमा फस्न सक्दिन म यो काम गर्नको लागि संपुर्ण कुरा त्याग्न सक्छु तर समाज मा कोहि पनि बेवारी हुनुहुदैन बेवारीसे भनिएका हरूको अब हामि हुनु पर्छ मलाइ लाग्छ म खासमा यस धर्तिमा यहि परोपकारी काम गर्न कै लागि जन्म लिएको हुँ “
एक्सन फर सोसल चेन्ज ( बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र ) बिना कुनै अनुदान संश्थाका सदस्यको अान्तरिक सहयोग जुटाएर काम गर्दै अाइरहेको परोपकारि संश्था हो । एक्सन फर सोसल चेञ्जले एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारीसे भनिएकाहरुको अब हामि हुनु पर्छ भन्ने मुल नाराका साथमा काम गरिहेको छ ।
यो संश्था एक गैर नाफा मुलक परोपकारी, खास गरी लामो समय सम्म पहिचान नभएर अस्पतालमा बेवारीसे अवश्थामा रहेका सव हरुको दाह संस्कार गर्ने नेपालको एक मात्र मान्यता प्राप्त संश्था हो । यसका साथै बेवारीसे हुनबाट रोक्न सडक पेटि,पाटि, मठ मन्दिर लगायतका ठाँउमा बेवारीसे अवश्थामा रहेका बेवारीसे भनिएकाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र व्यवश्थापन गर्ने कार्यहरु गर्दै आइरहेको छ । साथ साथै बेवारीसे हुन बाट रोक्न जनचेतनामुलक कार्यक्रम हरुको आयोजना पनि गर्दै आइ रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

