Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

को थिए विश्व प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्ग जसको आज दुखद निदन भयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, ३०
को थिए विश्व प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्ग जसको आज दुखद निदन भयो

लन्डन, ३० फागुन । विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो । शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील चेयर’ मा सीमित रहेर पनि उनले विज्ञानको क्षेत्रमा नयाँ खोज जारी राखेका थिए ।

उनले ‘ब्ल्याक होल’ र ‘बिग थ्यौरी’ बुझ्नका लागि अहम् भूमिका निर्वाह गरेका थिए । बेलायती वैज्ञानिक हकिङ्गले विज्ञानसँग सम्बन्धित कयौं पुस्तक लेखेका थिए ।

उनको निधन भएको परिवारले जनाएको हो । सन् १९६३ मा उनमा मोटर न्यूरोन रोग लागेको हो । उनले सार्वजनिक रुपमै भनेका थिए, ‘२१ वर्षको उमेरमा मलाई चिकित्सकले मोटर न्यूरोन रोग लागेको बताएका थिए । उनीहरुले मलाई दुई या तीन वर्षमात्र बाँच्न सक्ने पनि बताएका थिए ।’

तर उनी आफूमा रहेको सोही रोगका कारण एक सक्षम वैज्ञानिक बन्न सफल भएको बताउँथे । उनले भनेका थिए, ‘म स्वीकार गर्दछु कि, आफ्नो रोगकै कारण म वैज्ञानिक बन्न सकेँ, मेरो अक्षमताका कारण नै ब्रह्माण्डका बारे गरिएका शोधमाथि मैले सोच्न पाएँ । भौतिक शास्त्रमा गरिएका मेरा अध्ययनले नै यो प्रमाणित गरिदिएको छ कि विश्वमा कोही पनि विकलाङ्ग छैन ।’ (एजेन्सी)

Top Changing Nepal

युट्युब सट्स