• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ११ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १५ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १६ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १७ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १७ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १९ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • २१ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

आज नेपाल भर्सेस नेदरल्याण्ड्स : सातौं स्थानका लागि प्रतिष्ठाको लडाईं

admin २०७४, चैत्र, ३

चैत ३ , काठमाडौं । आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ ।नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन्। जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका छन्। चार वर्षअघि वर्ल्डकप क्वालिफायरको प्लेअफ खेलमै नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भएको थियो।

यस्तै २०१५ को डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। २०१५-१७ को वर्ल्ड क्रिकेग लिग च्याम्पियनसिप अन्तर्गत दुवैले एक एक खेल जितेका थिए।

 

गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो ।

वर्ल्ड कप क्वालिफायरका लागि जिम्बावे जाँदा नेपाली किक्रेटसामु दुई लक्ष थियो – सुपर सिक्सभित्र पर्ने र वान डे इन्टरनेसनल (ओडिआइ) को हैसियत हासिल गर्ने। पहिलो लक्ष पूरा हुँदा दुवै लक्ष पूरा हुने थियो। पहिलो लक्ष पूरा नभए पनि नेपाल रित्तै फर्किन परेन। ऐतिहासिक उपलब्धिका रुपमा नेपालले दोस्रो लक्ष पूरा गर्‍यो।

उता वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा जिम्बावे पुगेको नेदरल्याण्ड्सको लक्ष्य पनि सुपर सिक्स पुग्दै वान डे वर्ल्ड कपमा छनोट हुने थियो। तर, डच टोली पनि नेपालजस्तै सुपर सिक्समा पुग्न सकेन।

जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्समात्र यस्ता दुई टिम थिए जसले खेलेका कुनै पनि खेलको वान डे मान्यता थिएन, लिस्ट ए मान्यता मात्र थियो।

यिनै दुई टिम अब सातौँ स्थानको प्ले अफका लागि आज भिड्दैछन्। क्रस प्ले अफमा नेपालले पपुअ न्यू गिनी तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि भेट पक्का गरेका हुन्।

उता जिम्बावे जाँदा ओडिआई स्ट्याटससहित गएको हङकङ र पपुअ न्यू गिनी अन्तिम दुई स्थानमा रहँदै डिभिजन टू मा घटुवा भइसकेको छ। यी दुई टोलीले घर फर्कदा ओडिआई स्ट्याटस समेत गुमाइसकेका हुनेछन्। नवौँ स्थानको प्लेअफका लागि यी दुईबीचको खेल पनि आजै हुँदैछ।

अब नेपाल र नेदरल्याण्ड्स दुवै अन्तिम ओडिआई गेम खेल्नुअघिको अन्तिम लिस्ट ए म्याचमा भिड्दैछन् र दुवैको लक्ष्य हुनेछ जित हासिल गर्ने र सुखद् अन्त्य गर्ने। अर्को अर्थमा हेर्दा दुवै प्रतिष्ठाका लागि खेल्दैछन्। यस खेलमा हार जितले कुनै असर गर्दैन।

क्वालिफायरपछि नेदरल्याण्ड्स, स्कटल्याण्ड, युएई र नेपाल एसोसिएटबाट ओडिआई स्ट्याटस हात पार्ने टिम हुनेछन्।

नेपाल र नेदरल्याण्ड्सले क्वालिफायर पछि खेल्ने खेलमा मात्र ओडिआई स्ट्याटस पाउनेछन् तर डिभिजन टू मा घटुवा भइसकेका हङकङ र पपुअ न्यू गिनी बीचको प्लेअफ खेलले भने वान डे इन्टरनेशनलको मान्यता पाउनेछ।

नेदरल्याण्डसले त सन् २०२० मा हुने वान डे लिगको लागि समेत स्थान पक्का गरिसकेको छ। वर्ल्ड क्रिकेट लिग च्याम्पियन जितेका कारण डच टोलीले उक्त अवसर पाएको हो। जसमा आइसीसीका १२ फुल मेम्बरसँगै नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।

यता नेपालले भने अब चार वर्षका लागि ओडिआई मान्यता पाएसँगै इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछ। साथै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्नेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.