नेपालको विश्वकप छनौट : ५ खेलमा २ जित, उपलब्धि वान डे मान्यता
चैत ३, काठमाण्डौ । नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमासमस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो ।
१९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । नेपालको ओपनिङ राम्रो रहेन । लगातार कमजोर प्रदर्शन गर्दै आएका उपकप्तान ओपनर ज्ञानेन्द्र मल्ल मात्र ४ रनमा आउट भए ।
थप २२ रन जोड्दा अर्का ओपनर अनिलकुमार साह पनि ८ रनमा आउट हुन पुगे । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का २२ रनमा आउट भए,जतिबेला नेपालले ५१ रन बनाएको थियो । थप ९ रन जोड्दा आरिफ शेख ५ रमा आउट भए भने रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् ।
दिपेन्द्र सिंह ऐरी २५ रनमा पभेलियन फर्किए । सातौं विकेटका रुपमा शक्ति गौचन आउट हुँदा नेपालको स्कोर ७६ रन मात्र थियो । सोमपाल कामी र करण केसीले सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । तर, करण १३ रामा आउट हुन पुगे ।
राम्रो पारी खेल्ने प्रयासमा रहेका सोमपाल कामी नवौं विकेटका रुपमा ३६ रन बनाएर पभेलियन फर्किए । यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।
नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।
विश्वकप छनौटमा कूल पाँच खेल खेलेको नेपालले जम्मा दुई खेल मात्रै जितेको छ । दुई खेल जित्दा मात्रै पनि एक दिवसिय मान्यता पाएकाले नेपाली क्रिकेटले सफलता हासिल गरेको भन्न सकिन्छ, तर समग्रमा नेपालको प्रदर्शन निराशाजनक देखियो ।
नेपालले समहु चरणमा हङकङ र प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेको हो ।
समूह चरणमा लगातार तीन खेलमा पराजय बेहोरेपछि नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो । त्यसअघि समूह बिको नेपाल पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रन,दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।
छनोटमा नेपालको समूहबाट जिम्बावे,अफगानिस्तान र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गर्यो । यस्तै समूह ए बाट वेष्ट इण्डिज, आयरल्याण्ड र युएईले सुपर सिक्समा स्थान बनाउदै विश्वकप खेल्ने सपना कायम राख्न सफल भयो ।
यता, खराब प्रदर्शनकै कारण नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको थियो । पाँच टिममध्ये ३ टोलीले सुपर सिक्समा स्थान बनाउने समूह चरणमा नेपाल चौथो स्थानमा रह्यो । चौथो स्थानमा रहेर प्ले अफमा पुगेसँगै नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना पुन केहि बर्ष पछाडी धकेलियो ।
यस्तै पपुवा न्युगिनी नवौं र हङकङले दशौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन् । नवौं स्थानको प्लेअफमा पीएनजीले हङकङलाई ५८ रनले पराजित गरेको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

