अटेरी गर्ने सबै कर्मचारीलाई मन्त्रि लालबाबु पण्डित ले यसरि थर्काई दिए पछी
चैत ५, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । देशका लागि काम गर्छु भनेर सपथ खाएका कर्मचारीले सरकारले खटाएअनुसारको काम गर्नु अनिवार्य भएको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले सपथ खाँदा व्यक्त गरेका प्रतिवद्धता विर्सन खोज्ने कर्मचारीहरुलाई सम्झाउने अभियानमा आफू लागेको बताए ।
“स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, तीनै ठाउँमा राष्ट्रसेवकहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न सरकारले आग्रह गरेको छ । सरकारको आग्रह मान्नुपर्छ ।” पण्डितले भने ।
“खटाइएको कर्मचारी कर्मचारी खटाएको ठाउँमा जानैपर्छ । रवाना लिएर नगएको खण्डमा दुई–तीन दिनभित्र हाजिर रोक्का गर्छु । प्रयोग गरेका सबै सुविधा रोक्का गर्छु । होइन भने उहाँहरुलाई सिधै घर पठाउँछु । त्यस्ता कर्मचारीलाई थप सुविधा दिन सकिदैन ।”
जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई रोक्न नहुने पण्डितको भनाई छ । “पहिला सेवा गर्ने त्यसपछि मेवा पाउने हो । पहिला थप सुविधा चाहियो अनि मात्रै काममा जान्छु भन्ने हो भने त्यो सम्भव छैन ।” पण्डितले भने ।
कुनै पनि कर्मचारीलाई अमर्यादित काम गर्न नलगाइएको भन्दै पण्डितले अपमानित हुने काम नभै जनताको सेवा गर्ने काममा कर्मचारी जिम्मेवार हुनुपर्ने चेतावनी दिए ।
“राष्ट्रको सेवा गर्न नसक्नेहरु राष्ट्रसेवक हुन सक्दैन । काम गर्न सक्दिन भन्नेहरु राजिनामा दिएर गए हुन्छ । राजिनामा दिएपछि पाउने सुविधा पाउनुहुन्छ । होइन भने खटाइएको ठाउँमा काम गर्नुपर्छ । यसको विकल्प छैन ।” उनको भनाई छ ।
सरकारले खटाएअनुसारको काम नगर्नेलाई ऐन कानुनले दिएको अधिकार प्रयोग गरेर कारबाही गर्ने पण्डितले बताए ।
“कानुनअनुसार बर्खास्त गर्छु । त्यसपछि अर्को काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई पठाउँछु । अल्पकालिन व्यवस्था गरेर भए पनि खटाइएको ठाउँमा नजानेलाई कारबाही गरेरै छाड्छु । कि काम गर्न जानुपर्यो, कि त घर जानुपर्यो । थप सुविधा केही पनि पाइदैन ।” उनले भने ।
कर्मचारी टे«ड युनियनहरुलाई नीति निर्माणमा सहभागि गराउने तर सरुवा बढुवा जस्ता कुरामा कुनै भूमिका नदिने पण्डितले बताएका छन् ।
नेताकोमा गएर सरुवा बढुवाका लागि भनसुन गर्ने कर्मचारीको मूल्याङ्कन अंक घटाइदिने चेतावनी पण्डितले दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

