दुबै मृगौला खराव भएका युवाले गरे सहयोगको याचना
पोखरा । दुवै मृगौला फेल भएका एक युवाले आर्थिक अभावले गर्दा प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका छन् । रौतहट जिल्लाको विकट भेग रंगपुर गाविसका शालिग्राम चौलागाईको दुबै मृगौला फेल भएपछि अर्थिक अभावले गर्दा प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचना गरेका हुन् ।
उनले हस्पिटलको शैंयामा छटपटाउदै पलपल मृत्युको पखाईमा दिनदिनै कम्जोर बन्दै गएको कुरा बताएका छन् । उनले भनेका छन्, ‘आर्थिक अभाबको कारण म अब मर्दै छु भन्ने जानि जानि बाँच्नुको पिडा अत्यन्तै दुःखद र हृदयविदारक लाग्दो रहेछ केहि गरौँ भन्ने उर्जावान उमेर मै रोगद्वारा ग्रसित भै तड्पिनु बाहेक मेरो अर्को विकल्प भएन त्यसैले अन्तिम अपिल देश बिदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा मलाई चिन्ने नचिन्ने आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा जिबनको भिख माग्दै यथा सग्दो आर्थिक सहयोगको लागि सादर विनम्र अनुरोध गर्दछु ।’
साथै, उनले आफ्न्तबाट साथ नपाएको भन्दै फेसबुकमा मार्मीक शब्द लेखेका छन् । उनले लेखेका छन्, “आफ्ना आफ्न्त नाम मात्रका रैछन् । अरे धेरै नभए पनि कमसेकम सकेको सहयोग त गर न । दान धर्म आदी ईत्यादीको नाममा लाखौ खर्च गर्दा पुण्य कमाईन्छ भने एउटा रोगी, दुखीलाई सहयोग गर्दा कमाईदैन र ? के यो मानवता भित्र पर्दैन र ? के मानवता भन्ने कुरा सकिएको हो र ? देख्दै नदेखेको भगवानको नाममा लाखौ खर्च गर्नु भन्दा मानव र मानवता भन्ने कुरामा विश्वास राखौ ।”
उनले सरकार र दाताहरुसँग उपचारका लागि माछापुछ्रे बैंकको खाता नम्बर 11-40-524-515112-01-7 मा सहयोग गरिदिनु हुन आग्रह गरेका छन् ।
नेपाल सरकारले मृगौला प्रत्यारोपणकालागि कानुन निर्माण गरेर उपचारमा केही सहुलियत दिने व्यवस्था पनि गरेको छ । तर, औषधी र परिक्षणकालागि लाखौ रुपैयाँ खर्च लाग्ने भएपछि शालिग्रामले सहयोगका याचना गरेका हुन् । सरकारले मृगौला रोगीहरुकालागि डायलिसस नि:शुल्क गराएपनि औषधी भने बिरामी आफैले खरिद गरेर खानुपर्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

