आचार्य श्रीनिवास पक्राउ, आफैले गोली हान्न लगाएको खुलाशा
वैशाख २४, काठमाडौँ | गत महिना चैतको २५ गते गोली लागेर घाइते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका छन् ।
मोरङ प्रहरीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले धर्म गुरु श्रीनिवासलाई गोली हान्नेहरुको अनुसन्धान गर्दा श्रीनिवास आफैले योजना बनाएर गोली हान्न लगाएको खुलाशा भएपछि उनलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चितवन भरतपुर ४ बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट ५ का ३२ वर्षका सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई गोलीसहितको पेस्तोल दिएर आचार्यले आफैँलाई गोली हान्न लगाएका थिए ।
मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए । उनीहरुले दिएको बयान अनुसार उनिहरुलाई आचार्य श्रीनिवासले नै योजना बनाएर गोली हान्न लगाएको बताएका छन् ।
उनलाई चैत २५ गते बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । उनलाई गोली हानेको स्थानमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा समेत भेटिएको थियो । उक्त पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

