युद्धविराम गर्न म्यानमारलाई चीनको आग्रह
याङगुन, ३१ वैशाख : चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ ।
म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको भिडन्तमा परी शनिबार १९ जनाको मृत्यु भएपछि चीनले आइतबार यस्तो आग्रह गरेको हो ।
पछिल्ला केही वर्षमा भएका नराम्रा हिंसाका घटनामा परी म्यानमारमा धेरैजना सर्वसाधारण नागरिक मारिएका छन् । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान छ बजेदेखि भीडन्त शुरु भएको थियोे ।
“हामीले रातभर र भोलिपल्ट विहान छ बजेसम्म पनि बम पड्किएको ठूलो आवाज सुनेका थियौं,– स्थानीयले भनेका छन् ।
कहाँ कस्को भिडन्त भएको हो भन्ने बारेमा भने केही थाहा नपाएको उनीहरुको भनाइ छ । स्थानीय एक बासिन्दाले भने, घटनामा परी कम्तीमा २७ जना घाइते भएका थिए ।
सन् २०१७ को सुरुदेखि भएको द्वन्द्वका कारण चीनको युनान प्रान्तमा झण्डै २० हजार म्यानमारका शरणार्थी गएकाले चीनलाई यो द्वन्द्व तनावको विषय बनेको छ ।
याङ्गुनमा रहेको चिनीयाँ दूतावासले सरोकारवाला पक्षलाई युद्धविराम गर्न आइतबार आग्रह गरेको हो । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको समाचार शनिबार नै आएको थियो ।
चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीले जानकारी दिएका छन् ।
एक जना उच्च सरकारी अधिकारीले भन्नुभयो, “भीडन्तमा परी कम्तीमा १९ जना मारिएका छन् भने अरु दुइ दर्जनभन्दा बढी घाइते भएका छन् ।”
लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियोे
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

