• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ८. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सुन तस्करी प्रकरण फेरी अर्को परिवारको उठिबास

विराटनगरः साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अदालतमा चलिरहँदा झापा गाउँपालिका–७ की ७० वर्षीया दुर्गादेवी सञ्जेल बिहीबार डाँको छोडेर रोइरहेकी थिइन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिवादीतर्फका वकिलहरुले प्रतिरक्षामा बहस गरिरहेका छन् । इजलासमा बहस जारी हुँदा इजलास भन्दा बाहिर भने दुर्गादेवीले आँसुका धारा थाम्न सकेकी थिइनन् ।

उनी सुन तस्करी र सनम हत्यामा प्रतिवादी बनाएर मुद्दा चलाइएका सई बालकृष्ण सञ्जेलकी आमा हुन् । उनी ७२ वर्षीय पति उमाकान्त, बुहारी (बालकृष्णकी पत्नी) कमला र ६ वर्षीय नातिसहित विराटनगर बसेको २५ दिन भइसक्यो ।

अन्यायमा पारियो ?

बरबरी आँसुका ढिका खसाल्दै दुर्गादेवी भन्दै थिइन, ‘नियोजित रुपमा योजना बनाएरै फसाएर मेरो छोरामाथि धेरै ठूलो अन्याय गरियो । अब अदालतले न्याय गर्ने आशामा छौं ।’

मुलुक र जनताको सेवाका लागि परिचालित प्रहरी संगठन भित्र राम्रो काम गर्दा गर्दै र कुनै गल्तीबिना छोरालाई फसाएर मुद्दा लगाइएको उनको गुनासो छ ।

भक्कानिँदै उनले भनिन्, ‘राम्रो काम गर्दा पनि फसाएर धेरै ठूलो बज्रपात पारिएको छ । हामीसँग अब अदालत र भगवानको साथ पाउने बाहेक केही पनि आश छैन ।’

छोरो पक्राउ, आमा बेहोस

छोरो पक्राउ परेको थाहा पाएपछि उनी घरमै बेहोस भएर ढलेकी थिइन् । हिरासतमा राखिएका बालकृष्णलाई भेट्न नदिएपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङको गेटमै दोस्रो पटक बेहोस भएर ढलिन् ।

‘पिरले बेहोस भएर ढलेका कारण खुट्टामा समेत लागेको चोट अहिलेसम्म ठीक भएको छैन । त्यही चोटका कारण राम्ररी हिँड्न सक्दिँन,’ उनले भनिन्, ‘हिरासतको छोरो भेट्नसम्म पनि पाइनँ । अदालत ल्याएपछि मात्रै छोराको अनुहार देख्न पायौँ ।’

‘हत्या गरिएका व्यक्तिको शव बरामद गरेर आफन्तलाई जिम्मा लगाउने भूमिका खेलेको उसले के अपराध ग¥यो,’ आँसुका धारा बगाउँदै उनले सोधिन्, ‘गाड्ने तयारी गरिएको सनमको शव बरामद गरेर परिवारका सदस्यलाई जिम्मा लगाउनु गल्ती हो ?’

दुर्गादेवीले प्रहरीमा धेरै राम्रो काम गरेकैले सबैको नजरमा परेका कारण नियोजित रुपमा छोरोलाई फसाइएको उनको गुनासो छ । मुटुसम्बन्धी समस्या, मधुमेह तथा उच्च रक्तचापकी बिरामी रहेकी उनले छोराको न्यायका लागि आफू जुनसुकै लडार्इँ गर्न र जहाँ पनि जान तयार रहेको बताइन् ।

६ वर्षका छोरालाई साथमै लिएर विराटनगर आएकी पत्नी कमला पनि बालकृष्णलाई देख्नासाथ भक्कानो छाडेर रुन्छिन् । ‘मेरा श्रीमानले धेरै राम्रा काम गरेका कारण प्रहरीका ठूला भनिएकाबाटै रिसइवी साँधेर फसाइयो । पक्राउ परेको सुनेदेखि परिवारका सदस्य कसैका आँखा ओभाएका छैनन्,’ गला अवरुद्ध बनाउँदै उनले भनिन्, ‘श्रीमानलाई हिरासतमा राखिएको छ । हामी बाहिर रोएर बसेको कहानी कसलाई सुनाउनु ?’

परिवारलाई पनि यातना

बालकृष्णलाई पक्राउ गरेर ल्याएदेखि नै आफूहरु विराटनगर आएर बस्ने गरेको उनले सुनाइन् । गाड्न ठिक्क पारेको शव बरामद गरेर दिँदा श्रीमानसहित परिवारलाई नै पीडित बनाउने काम भएको कमलाको गुनासो छ ।

थाहा पाएसम्म पतिको कुनै गल्ती नदेखेकी उनले परिवारका सदस्यलाई पनि मानसिक यातना दिने काम भइरहेको गुनासो गरिन् । ‘उहाँ (बालकृष्ण) लाई त फसाइयो । परिवारका सदस्यलाई पनि ‘टर्चर’ दिने काम भइरहेको छ,’ कमलाले भनिन्, ‘यस्तो पनि गर्न पाइन्छ ?’

उनले विभिन्न नाममा आफूहरुलाई धम्कीसमेत आउने गरेको बताउँदै परिवारका सदस्य पनि असुरक्षित बनिरहेको गुनासो गरिन् । ‘हाम्रो मान्छे पक्राउ गरेर प्रहरीले हिरासतमा राखेर हामीलाई पीडित बनाउने काम गरिएको छ,’ उनले भनिन्, ‘झन् अनावश्यक ‘टर्चर’ दिएर पीडामा परेका परिवारका अन्य सदस्यलाई थप तनाव सिर्जना गरिएको छ ।’

कमलाले पतिले अहिलेसम्म अवैध रुपमा कमाएको र जोडेको कुनै पैसा वा सम्पत्ती भए जफत र कारवाही गर्ने अधिकार सरकारलाई भएको बताइन् ।

आफन्त देखेपछि रुवाबासी

प्रतिवादी राजन थापालाई भेट्नासाथ उनका फूपुका छोरा भाइ मनोराज बस्नेतका पनि आँखा आँसुले टिलपिलाए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी थापा पनि आँसु झारेर रुँदै आफूलाई फसाइएको बताइरहेका थिए । ‘दाजु विहान बेलुका गाई वस्तुको धन्दा गरेर दिउँसो कार्यालय जानु हुन्थ्यो,’ बस्नेतले भने, ‘अवैधरुपमा पैसा कमाएको भए तडकभडक देखाइहाल्नु हुन्थ्यो नी ।’

उनले थापा अहिलेसम्म प्रहरीको अनुसन्धानमा नपरेको र गाउँको समाजसेवी भएको बताए । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का थापाविरुद्ध प्रहरी हिरासतमै आत्महत्या गरेका भनिएका प्रेमलाल चौधरीले नाम पोलेका भरमा जबरजस्ती मुद्दा चलाइएको बस्नेतको भनाइ छ ।

आफन्त थपिँदै

सञ्जेल परिवारर बस्नेत मात्रै हैन सुन तस्करी र सनम हत्यामा प्रतिवादी बनाएर मुद्दा चलाइएकाहरुका आफन्तको उपस्थिती एक सातादेखि अदालतमा बाक्लिएको छ ।

उनीहरुबीचमा रुवासी चलिरहेको छ । प्रतिवादी बनाइएकालाई भेट्न र देख्नासाथ आफन्तका आँसु थामिँदैनन् । आफन्तलाई देखेपछि प्रतिवादी बनाइएकाहरु पनि आँसु खसालेर रुन्छन् ।

प्रतिवादीहरुलाई अदालत उपस्थित गराउनासाथ प्रत्येक दिन विहान १० बजेदेखि बहस चलुन्जेल बेलुका पाँच बजेसम्म आफन्तहरु इजलास बाहिर बसिरहेका हुन्छन् । उनीहरु मुद्दामा अभियुक्त बनाइएकाहरुले अदालतबाट सफाइ पाउने आश र प्रतिक्षामा छन् ।

अब अदालतको प्रतिक्षा

यो प्रकरणमा दुई महिना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दाको फाइल बुझाएपछि सबैको ध्यान जिल्ला अदालत तर्फ सोझिएको छ ।

गत बैशाख १९ गते अदालतमा मुद्धा दायर भएपछि चर्चित मुद्धाको बहस हुँदा इजलास साँघुरो भएको छ । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैधरुपमा सुन आयात गरिएको दाबीसहित ६३ जनाविरुद्ध दायर गरिएको मुद्दाको थुनछेक बहस भइरहँदा भीडभाड बढेपछि इजलास साँघुरो भएको हो ।

इजलास पक्राउ परेका ३० जना अभियुक्त र उनीहरुका तर्फबाट बहस गर्ने कानुन व्यावसायीले नै भरिने गरेको छ ।

इजलासमा उभिएर बहस सुन्न पाइन्न् । ढोका छेउमा सुरक्षार्थ खटिएका प्रहरी बसेका हुन्छन् । बसह सुरु भएपछि प्रतिवादीहरुका आफन्त र मुद्दामा चासो राख्नेहरु पुग्छन् ।

इजलास भित्र बस्ने ठाउँ नभएका कारण उनीहरुलाई प्रहरीले बाटोमै रोक्ने गरेको छ । साँघुरो इजलासमा केही प्रतिवादीका आफन्तहरु पालो गरेर बहस सुन्न बस्छन् भने बहस सुन्न पुगेका अधिकांश बाहिरै हुन्छन् । बहस गर्न पुगेका कानुन व्यावसायी पनि पालो गरेर बस्नुपर्ने अवस्था छ ।
अन्नपुर्णबाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.