• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २२ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २३ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • २. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ३. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ४. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • ५. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

  • ६. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ७. मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

  • ८. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ९. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • १०. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

म्यानपावर र कामदार दुवैलाई खुसीको खबर अब शुरु भयो यस्तो ‘बैदेशिक रोजगार’ एप्स

admin २०७५, जेष्ठ, ११

जेठ १०, काठमाडौँ । साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एप्सको शुभारम्भ गरिएको हो ।

यो मोबाइल एप यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://goo.gl/53AJJn

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिए । उनले हाल बैदेशिक रोजगारका क्षेत्रका नकारात्मक समाचार मात्रै धेरै आएको भन्दै यस क्षेत्रले राष्ट्रको विकासमा पारेको सकारात्मक योगदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । गेलानले हाल सरकारले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा  म्यानपावर व्यवसायीले सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारी गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए । हाल बैदेशिक रोजगारका सिन्डिकेट हटाउन सरकारले गरेको कार्यको संघ स्वागत गर्दछ ।  उनले भने “गलत गर्नेलाई कानूनी कठघरामा ल्याउनुपर्छ तर निर्दोष पर्नुहुन्न ।” उनले पछिल्लो समय म्यानपावर व्यवसायको धरौटी बढ्ने चर्चा चलेको भन्दै यसका लागि एक समिति बनाएर गहन अध्ययन पश्चात सकारात्मक र नकारात्मक विषय हेरेर मात्र टुंगोमा पुग्नुपर्ने भन्दै व्यवसायीहरु हल्लाको पछाडी नलाग्न समेत आग्रह गरे  ।

कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्ने ठाउँमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा धन्यवाद दिए । मोबाइल एप्स ल्याएर मात्र हुँदैन, त्यसमार्फत दिने सूचना अपडेट गरेर हरेक कामदार र म्यानपावर विच जोड्नु चुनौतीपूर्ण छ । उनले भने ‘बैदेशिक रोजगार विभागमा दैनिक गुनासाहरु आउने गरेका छन् त्यसलाई कम गर्न यस्ता एप्सले सहयोग पुगोस । ”

कार्यक्रममा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले बैदेशिक रोजगार मोबाइल एप्सले जनतामा सहि सूचना प्रवाह गर्न मद्त पुग्ने विश्वास लिए । उनले जनतामा सहि सूचना प्रवाह गराउन गरिने गर्ने यस्ता कार्यमा म्यानपावर व्यवसायी सदैब सहकार्य गरि अगाडी बढ्न तयार हुने धरणा व्यक्त गरे  । विगतमा व्यवसाय सुरु गर्दा ऐन समेत नभएको कारण व्यवसाय गर्न असहज भएको स्मरण गर्दै उनले हालको बैदेशिक रोजगार ऐन २०६४ समेत समय सपेक्ष संसोधन हुनुपर्नेमा जोड दिए  ।

‘बैदेशिक रोजगार’ मा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उध्यस्यले ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जनाएको छ छ । साझा सबालले तीन बर्ष अघि परिक्षणको रुपमा मात्र सार्वजनिक गरेको ‘बैदेशिक रोजगार’ नामक एपलाई यसअघि पाएको बिभिन्न सुझावको आधारमा यो एपलाई साझा सबालले थप फिचर सहित औपचारिक लन्च गरेको हो ।

प्रेस बिज्ञप्तिमा भनिएको छ – ‘बैदेशिक रोजगारी नेपालीको बाध्यता हो, तर यसै बाध्यताको फाइदा उठाई दैनिक कयौं नेपालीहरु सहि सुचना नपाउँदा ठगिईरहेको सन्दर्भमा त्यसलाई निराकरणका लागि यो एपले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो लक्ष्य छ । यस एपलाई बैदेशिक रोजगारीमा जान चाहने तथा बैदेशिक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशिक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागि अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास अझै जारी छ । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो भने यसलाई मुन्चा हाउसको प्राबिधिक सहयोग रहेको छ, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो । यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापन सहजै छान्न, बिज्ञापन सहि हो या हैन भन्ने बारे जानकारी दिन, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गरि बैदेशिक रोजगारीमा जान, विदेशमा रहेका दुतावासहरुबारे जानकारी लिन तथा बैदेशिक रोजगारीमा जानु अघि र गईसकेपछी अत्यावश्यक जानकारी लिन निकै सहयोगी हुने हाम्रो अपेक्षा छ । यसमा बैदेशिक रोजगारीको लागि आफुलाई मन परेको डिमाण्ड हेरेर आफुलाई चित्त बुझ्ने डिमाण्डमा सिधा म्यानपावरलाई Apply गर्न सक्ने सुबिधा पनि छ । जसको कारण एजेन्टको कारण ठगिने सम्भावना निकै न्यून हुन्छ । त्यस्तै देशगत रुपमा आफुलाई मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको डिमाण्डहरु, तलब/पद तथा कम्पनी अनुसार डिमाण्डहरु सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिन्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारीहरु, टिप्स, रोजगारी बारे ब्लगहरु पनि पढ्न पाइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दरबारे पनि अपडेट पाउन सकिन्छ ।’

साझा सबालले यस एपमा सकेसम्म सत्य, तथ्य र विश्वसनीय जानकारीहरु राख्ने प्रयास गरेको जनाएको छ  । यस एपमा बैदेशिक रोजगारीको बिज्ञापन मात्र नभई बैदेशिक रोजगारीका लागि म्यानपावरहरुले सार्वजनिक गरेको डिमाण्ड सत्य हो कि हैन ? श्रमस्वीकृति भएको छ कि छैन, भिषा आएको छ कि छैन भन्नेसम्मको कुराहरु संसारको जुनसुकै कुनामा बसेर पनि सहजै हेर्न सकिने सुबिधा दिन केहि दिनमै नयाँ भर्सन पनि अपडेट गर्ने साझा सबालले जानकारी दिएको छ ।

यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ । केहि समयमै आइओएसमा पनि सार्वजनिक गरिनेछ । यो एप प्ले स्टोरमा गई Baideshik Rojgar खोजेर डाउनलोड गर्न सकिन्छ ।

https://goo.gl/53AJJn

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.