जिप दुर्घटना, चार जनाको मृत्यु
जानकारी केन्द्र
२०७५, जेष्ठ, १५
कैलाली, १४ जेठ । डोटीमा सोमबार एक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने अरु १० जना यात्री घाइते भएका छन् ।
डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नम्बर–६, गगुडातर्फ जाँदै गरेको शैलेश्वरी यातायातको से१ज ७८८ नम्बरको जिप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको र १० जना घाइते भएको जनाइएको छ । दुर्घटनामा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिपचालक रामबहादुर बिक, जिपधनी भगत द्धारिया र इन्नरी रावत रहेका छन् । अर्का एकजनाको भने सनाखत हुन नसकेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

