उपेन्द्र यादव चम्किँदा बादललाई घाटा
काठमाडौं, १९ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो सरकारमा सहभागी भएका छन् । यादव उपप्रधानमन्त्री बनेका हुन् ।यादवसँगै रक्षामन्त्री ईश्वर पोखरेलपनि उपप्रधानमन्त्री बने । यादव र पोखरेल उपप्रधानमन्त्री बनिरहँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादललाई भने ठूलो घाटा लागेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि अब बादलले उपप्रधानमन्त्रीको लागि बार्गेनिङ् गर्न सक्ने अवस्था छैन् । गृहमन्त्री बन्नुपुर्व पनि बादलले प्रधानमन्त्रीपछिको वरियता माँगेका थिए ।
पार्टी एकता नहुँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्दै बादल गृहमन्त्री बनेका थिए । हिजो भएको चौथो पटकको मन्त्रिमण्डल विस्तारमा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई हिजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी थिइन्। वरीयतामा यादव तेस्रोमा रहनेछन् । प्रधानमन्त्रीपछि पोखरेल दोस्रो वरियतामा छन् । यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

