सडकमै जान्छ वर्षेनी २ हजारको ज्यान
काठमाडौं १९ जेठ । मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ ।
आव २०६८-६९ देखि २०७४-७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगत सात वर्षमा देशभरि भएका ६४ हजार १ सय ६८ वटा दुर्घटनामा १३ हजार ९ सय ३१ जनाले अनाहकमा ज्यान गुमाएका छन् ।चालु आव २०७४-७५ को वैशाख मसान्तसम्म भएका ९ हजार ५० वटा दुर्घटनाबाट मात्रै २०९७ जनाको मृत्यृ भएको प्रहरीले जनाएको छ । अन्नपूर्णपोष्टबाट
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले चालक तथा अन्य व्यक्तिबाट हुने मानवीय त्रृटि, सडक तथा भौगोलिक दूरावस्थाका कारण दुर्घटना हुने गरेको बताए । गल्ती गर्नेहरूलाई ट्राफिकहरूले पटकपटक कार्वाही गर्दा समेत सवारी चालकहरूले त्यसलाई संवेदनशीलतापूर्वक ग्रहण गर्न नसक्दा समेत दुर्घटना हुने क्रम बढेको उनले बताए । ‘हाम्रो लाइसेन्स वितरण प्रणाली नै त्रुटिपूर्ण छ, यसमा आमूल सुधार नहुँदासम्म दुर्घटना क्रम बढिरहन्छ’, प्रहरी प्रवक्ता क्षेत्रीले भने ।
गृह मन्त्रालयका विपत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विभिन्न खाले सडक दुर्घटनाबाट औसतमा वर्षेनी २ हजार व्यक्तिको मृत्यु हुने कहालीलाग्दो अवस्था रहेको बताए । सहसचिव न्यौपानेले सडकको दूरावस्था, सरकारी संयन्त्रको समन्वयको अभाव र चालकको लापारवाहीका कारण सडक दुर्घटना हुने क्रम बढ्दै गएको जानकारी दिए ।
सडकको अवस्था हेर्ने सडक विभाग, गाडीको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय हुन नसक्दा कहालीलाग्दा दुर्घटनाहरू हुने गरेको पनि सहसचिव न्यौपानेले दाबी गरे ।
चालकको लापरवाहीका कारण भएका दुर्घटनाः
गृह मन्त्रालयका अनुसार आव २०६८-६९ मा भएका ८ हजार ८ सय ९२ वटा दुर्घटनामध्ये ५ हजार ७ सय ९५ वटा दुर्घटना चालकका लापारवाहीले भएका थिए । आव २०६९-७० मा भएका ८ हजार ४ सय ८४ दुर्घटनामध्ये ५ हजार ५ सय ५१ व्टा दुर्घटना चालककै लापावाहीका कारण भएको गृह मन्त्रालयले जनाएको छ।
त्यसैगरी आव २०७०-७१ मा भएका ८ हजार ४ सय ६ घटनामध्ये ६ हजार ५ घटना, आव २०७१-७२ मा भएका ९ हजार १ सय ४५ वटा घटनामध्ये ६ हजार ६ सय ९ वटा घटना, आव २०७२-७३ मा भएका १० हजार १३ घटनामध्ये ७ हजार ४ सय ३२ वटा घटना, आर्थिक वर्ष २०७३-७४ मा भएका १० हजार १ सय ७८ वटा घटनामध्ये ७ हजार ४ सय ८७ वटा घटना र आव २०७४ -७५ को असोज मसान्तसम्म भएका २ हजार ५ सय ७७ वटा घटनामध्ये २ हजार ४ वटा घटना चालकको लापारवाहीकै कारण भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

