• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ७ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ८ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ८ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ९ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ११ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक

admin २०७५, जेष्ठ, १९

काठमाडौं १८ जेठ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरिहेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।

वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए । सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।

वीर अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सफाइका नाममा केही कमीकमजोरी भएको स्विकारर्दै चन्दा नउठाउन निर्देशन दिएकी हुन् । उनले अस्पताल सफाइको क्षेत्रमा देखिएको समस्या तीन पक्ष बसेर समाधान गर्ने पनि बताइन् ।

वीरका नाममा १४ लाख संकलन
कार्यक्रममा उपस्थित धुर्मुसले राम्रो काम गरेका कारण फाउन्डेसनले निरन्तर सहयोग पाइरहेको बताए । उनले भने ‘चन्दा भन्ने शब्दमा म सहमत छैन, धुर्मुस–सुन्तली फाउन्डेसनले राम्रो काम गरेको छ । त्यसबापत सहयोग जुटेको हो ।’ उनले वीर अस्पतालमा जेजस्तो काम भइरहेको छ, त्यो सबै अस्पताल र मन्त्रालयको सहमतिमै भइरहेको पनि बताए । धुर्मुसलेले अभियानका नाममा हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा करिब १० लाख लागतमा वीर अस्पतालमा रगरोगन भएको थियो ।

टेन्डरविना लाखौँको काम
नियमअनुसार ५ लाखभन्दा बढी रकमको काम गर्नुपरे सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्छ । वीर अस्पतालका निर्देशक प्राडा. भूपेन्द्र बस्नेतका अनुसार समस्या भएको अवस्थामा ५ लाखसम्म विनाटेन्डर काम गर्न सकिन्छ । त्यसभन्दा माथिका लागि टेन्डर अनिवार्य हुन्छ । तर, विनाटेन्डर सरकारी खर्चमा वीर अस्पतालमा ४८ लाखमाथि खर्च भएको छ ।
नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.