• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ९ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

राप्रपामा गएकी रेखा फेरी नेकपमा

admin २०७५, जेष्ठ, १९

काठमाडौं, १७ जेठ । चर्चित नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी छिन् । स्रोतले दिएको जानकारी अनुसार थापा अब पूनः कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएकी हुन् ।

उनको राजनीतिक यात्रा पनि माओवादी पार्टीबाटै सुरु भएको थियो । सुरुमा उनी तत्कालिन एकीकृत माओवादी पार्टीमा प्रवेश गरेकी थिईन् । पुष्पकमल दाहाल प्रचण्डले उनलाई माओवादीमा प्रवेश गराएकी थिए ।

त्यसपछि उनी माओवादी परित्याग गरि कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी थिईन् । तर लगत्तै उनले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिईन् ।

हालै थापाले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेकी थिईन् । प्रचण्डसँगको भेटमा उनले पूनः आफू नेकपामा आउन चाहेको बताउँदै यसको लागि आग्रह गरेकी थिईन् । तर जवाफमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न आग्रह गरेका थिए ।
यो पनि पढ्नुहोस् :उपेन्द्रले मागे ओली र प्रचण्डलाई सभामुख
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको छ ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दल बैठकमा सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद पार्टीले पाउनुपर्ने माग उठेपछि फोरमले नेकपासँग सभामुख दिनुपर्ने विषयमा संवाद गर्ने भएको हो ।

बैठकले मन्त्री छनोट गर्न नसकेपछि अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाइएको छ । मन्त्री छनोटको विषयमा छलफल सुरु भएलगत्तै फोरमका सांसदले सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एक पद दाबी गर्नुपर्ने सुझाव दिएका थिए । बैठकले सभामुखमा दाबी हुनुपर्ने सुझाव अध्यक्ष यादवलाई दिएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेकपा भएपछि सभामुख र उपसभामुखमध्ये एक पद सो पार्टीले छोड्नपर्ने फोरमको ठहर छ ।

नेकपासँगको छलफलमा पनि फोरमले सभामुख पाउनुपर्ने दाबी गरेको थियो । पार्टी एकीकरण भई निर्वाचन आयोगबाट कानुनी मान्यता पाएका कारण सभामुख वा उपसभामुख नेकपाले छाड्नुपर्ने फोरमका एक नेताले बताए । उनका अनुसार फोरमको मागमा नेकपाका नेता सहमत भए पनि त्यसको अन्तिम टुंगो लागेको छैन ।

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष यादवले नेकपासँग भएको सहमतिबारे ब्रिफिङ गर्दै मन्त्रीको नामका लागि छलफल चलाएका थिए । मन्त्रीमा जाने आकांक्षी धेरै भएपछि निर्णयमा पुग्न नसक्दा त्यसको जिम्मा यादवलाई लगाइएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । नेकपा र फोरम नेपालबीच भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्य मन्त्री पाउनेछ ।

पार्टी एकीकरण भई निर्वाचन आयोगबाट कानुनी मान्यता पाएका कारण सभामुख वा उपसभामुख नेकपाले छाड्नुपर्ने फोरमको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंसँग राखेको सहरी विकास र स्वास्थ्य तथा जनसंख्यासहित एक राज्यमन्त्री फोरमलाई दिने तयारी गरेका छन् ।

मन्त्रीका लागि पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव, महासचिव रामसहाय यादवका साथै सचिव महम्मद इस्तियाक राईलगायतले इच्छा देखाएका छन् ।

रेणु यादवको समूहले श्रेष्ठलाई कुनै हालतमा मन्त्री बनाउन नहुने भन्दै यसअघि फोरम नेपालको बैठकमै विरोधमा उत्रेपछि पार्टी अध्यक्ष दोधारमा परेका थिए । महासचिव रामसहाय र राईको विरोधमा कोही नदेखिए पनि पाएको मन्त्री एउटै समुदाय एवं क्षेत्रको नभई फरक फरक समुदाय एवं क्षेत्रको हुनुपर्ने श्रेष्ठ समूहको माग छ ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग प्रतिनिधिसभामा १७४ सिट छ भने फोरम नेपालसँग १६ सिट छ । अब फोरम नेपाल सरकारमा सहभागी भएपछि सरकारसँग १९० सिट हुनेछ जुन प्रतिनिधिसभाको जम्मा संख्याको ६९ दशमलव ९ प्रतिशत हो । संघीय संसद्को प्रतिनिधिसभामा सरकारसँग दुई तिहाइ भन्दा बढी संख्या पगेको छ । १७ सिटसहित संसद्को तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले समेत सरकारलाई समर्थन गरेको छ । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.