प्रदेश २ को सरकार परिवर्तन होला ? यस्तो छ भीत्री कुरा
जेठ १९, काठमाडौं | संघीय सरकारमा फोरमले स्थान लिएसंगै प्रदेश २ मा राजपा र फोरमको दुरी बढेको छ । यस संगै प्रदेश २ मा सरकार के हुन्छ भन्ने सबैको चासोको बिषय बनेको छ । अहिले प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार भएकैले अब पुरानो गठबन्धनको सरकार के हुन्छ भन्नेमा आशंका पैदा भएको हो ।
त्यसोत केहि दिन अघि नेकपाले समेत प्रदेश २ को सरकारसँगको समर्थन फिर्ता लिईसकेको अवस्था छ । प्रदेश २ मा अहिले सबैभन्दा बलियो प्रतिपक्षको रुपमा नेकपा रहेकाले पनि मधेस गठबन्धन सरकारलाई अफ्ट्यारो छ, त्यसमा पनि फोरम केन्द्रीय सरकारमा आएको कारण प्रदेश २ मा नेकपाको प्रतिपक्षी स्थिति अझै बलियो बनेको छ । फोरम आफैले प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन चाहेको राजनीतिक वृत्तमा चर्चा चलेको बिषय छ । अहिले फोरमकै लालबाबु राउत प्रदेश २ मा मुख्यमन्त्री छन् ।
तर के पनि कुरा छ भने केन्द्र सरकारमा जे–जस्तो राजनीतिक परिवर्तन देखिए पनि वा फोरम सामेल भईसकेको भएपनि बिबिध कारण प्रदेश २ को सरकार परिवर्तन नहुने देखिएको छ । अहिलेसम्म फोरम र राजपाको समीकरणबाट प्रदेश २ मा सरकार बनेको छ । नेकपाले समर्थन फिर्ता लिएपछि अहिले प्रदेश २ मा फोरमका २९, राजपाका २५ र स्वतन्त्रका दुई गरी ५६ जना प्रदेश सभा सदस्यको समर्थन छ । यहाँ बहुमतका लागि ५४ सिट मात्र भए पुग्छ । जुन राजपा र फोरमको सिट बराबरको अनुपात हो । यदी राजपाले समर्थन फिर्ता लिएको खण्डमा प्रदेश २ मा नेकपाको समर्थनमा सरकार बन्छ । यहाँ नेकपाको ३१ सिट र फोरम २९ सिट जोड्दा ६० सिट सहितको सरकार बनाउन सक्छ । यहाँ राजपाले समर्थन नगरेको खण्डमा नेकपासँग मिलेर सरकार बनाउनुको बिकल्प छैन । किनकी यहाँ कांग्रेसको १९ सिट मात्र छ । त्यसो त राजपाको २५ सिट मात्र हुँदा नेकपा वा फोरमबाहेकसँग मिलेर सरकार बनाउने बिकल्प पनि छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

