• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

सुन तस्करीको नयाँ रुट नाथुला

काठमाडौं २० जेठ ।  नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ ।

नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग गरेको हो । भारत, सिलिगुडीमा शुक्रबार बरामद ३२ किलो सुन नाथुला हुँदै चीनबाट भित्रिएको भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले दाबी गरेको छ ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुनसहित प्रवीण समराव फदम, धनाजी साहेव राव बाबर र अक्षय हरिदास पक्राउ परेका छन् । तस्करीमा संलग्न तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।

उनीहरूले कम्मरमा बाँधिएको विशेष किसिमको पेटीभित्र सुन लुकाएर महाराष्ट्र लैजान लागेका थिए । भारतीय गुप्तचर विभागको दाबीअनुसार तस्करले विगतमा नेपाल हुँदै सुन भारत पुर्‍याउँथे तर नेपाल सरकारले कडाइ गरेपछि वैकल्पिक मार्ग रोजेका हुन् ।

भारतीय सुरक्षा निकायले नाथुला मार्गबाट पहिलोपटक सुन तस्करी भएको दाबी गरेको छ । भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिलिगुडीबाट प्रकाशित अखबारले जनाएअनुसार यसअघि चीनबाट भुटानको बाटो हुँदै भित्रिएको सुन गुप्तचरले बरामद गरेको थियो । २०१५ को मे अन्तिम साता बागडुग्रा विमानस्थलका अध्यागमन अधिकारीले तीन किलो सुनसहित चण्डीगढका अंकुर सोनी र अमित बर्मालाई पक्राउ गरेका थिए ।

अधिकारीहरूले सुन तस्करले बैंककबाट ल्याएको सुन बागडुग्रा हुँदै दिल्ली पुर्‍याउन खोजेको बताएका थिए । पक्राउ परेकामध्ये बर्माको ट्राभल हिस्ट्री केलाउँदा उनले बारम्बार बैंकक–बागडुग्रा उडान गरेको भेटिएको थियो ।

स्रोतका अनुसार पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी सुन तस्करीको ‘ट्रान्जिट’ हो । सिलिगुडीमा सुन संकलन गरेर भारतको अन्य सहरमा पठाइन्छ । भारतबाट सिंगापुरलगायत देशमा समेत सुन तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

गत वर्ष भारत, चीन र भुटानको त्रिदेशीय विन्दु दोक्लममा भारत–चीन द्वन्द्वपछि केही समय अवरुद्ध बनेको नाथुला मे १ बाट सञ्चालनमा आएको थियो । जुन ११ देखि कैलाश मानसरोवरको यात्रासमेत खुल्ने अधिकारीहरूले बताएका छन् । ‘सिल्क रुट’ को रूपमा बहुचर्चित नाथुला नाका करिब ४४ वर्षपछि सन् २००६ जुलाई ६ तारिखदेखि सञ्चालनमा आएको थियो ।

भारत–चीन युद्धअघि नाथुला हुँदै भारतले डटपेन, घडी, अन्न, सुती कपडा, खाने तेल साबुन, भवन निर्माण सामग्री आदि चीन पठाउँथ्यो । उताबाट रेशम, सुन, चाँदी, बहुमूल्य पत्थर आदि ल्याउँथ्यो । हाल भारतले फलाम, नुन, पशुजन्य पदार्थलगायत ४५ वटा वस्तु चीन निर्यात गर्दै आएको छ । चीनले भारततर्फ ऊन, हर्बल, इलेक्ट्रोनिक उपकरणलगायतका वस्तु पठाउँदै आएको छ । कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.