• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ९ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

admin २०७५, जेष्ठ, २०

काठमाडौं, जेठ २० । द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट घटाइएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो। आगामी माघसम्म कार्यअवधि रहेको आयोगको म्याद पटक–पटक गरी दुई पटक थपिसकिएको छ।

आयोगमा अहिलेसम्म ६३ हजार ४ सय उजुरी जम्मा भएकोमा एउटै उजुरी फछ्र्यौट हुन नसकेको हो। प्रदेशहरूबाट संकलित उजुरीमध्ये करिब २ हजार उजुरी प्रारम्भिक अनुसन्धानपछि आयोगमै पठाइएको आयोगका सूचना अधिकारी सूर्यवंश शर्मा कँडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले भने पर्याप्त बजेट नहुँदा काम गर्न कठिनाइ भएको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गत वर्ष १४ करोड बजेट छुट्याइएको थियो। यो वर्ष त गत वर्षभन्दा पनि २ करोड कम (१२ करोड रुपियाँ) बजेट छुट्याइएको रहेछ।’
सो रकम विज्ञ, कार्यालय व्यवस्थापन, तलब भत्तालगायत शीर्षकमै खर्च हुने बताउँदै उहाँले तर्क गर्नुभयो– ‘सरकारले पर्याप्त बजेट र साधन स्रोत उपलब्ध गराए २०७६ माघसम्म सबै उजुरी फछ्र्यौट भइसक्छ।’ यद्यपि अध्यक्ष गुरुङले आफूहरू अधिकतम् उजुरी फछ्र्यौट गर्नमा केन्द्रित भएको जिकीर गर्नुभयो।

आयोगले सबै प्रदेशमा सहन्यायाधिवक्ताको नेतृत्वमा कानुन व्यवसायमा संलग्न व्यक्तिसहितको टोली गठन गरेको छ। उक्त टोलीले घटनाको प्रकृति हेरेर प्रतिवेदन तयार गर्छ। आयोगले हत्या, बलात्कार, यातना, आगजनी, यौनजन्य हिंसा, सम्पत्ति कब्जालगायत शीर्षकका उजुरी प्रदेशस्तरमा पठाएर अनुसन्धान जारी राखिएको जनाएको छ।

आयोगले द्वन्द्वका हत्या, अपहरण तथा शरीरबन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा तोडफोड वा आगजनी, घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका अमानवीय कार्य वा मानवता विरुद्धका अन्य अपराधका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाई पीडितलाई क्षतिपूर्ति प्रदान गर्न सक्नेछ।

आयोगमै विवाद
आयोगका पदाधीकारीबीच नै मनमुटाव भएपछि काम–कारबाहीले गति लिन नसकेको समाचार स्रोतको दाबी छ। उक्त स्रोतका अनुसार आयोग अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य डा. माधवी भट्टबीच नै लामो समयदेखि मनमुटाव भएपछि त्यसको असर अरू कर्मचारीमा समेत परेको बताइन्छ। स्रोत दाबी गर्छ ‘अध्यक्ष गुरुङले प्रवक्ताको जिम्मेवारी स्वयम् आफैंले सम्हालेका छन्। यसअघि प्रवक्ताको जिम्मेवारी भट्टलाई नै दिइएको थियो।’ स्मरणीय छ, आयोगमा आफूले राखेका एजेन्डामाथि अध्यक्ष र केही सदस्यले एजेन्डाबाहेकका अन्य कुरा उठाएर विरोध गर्ने गरेको भन्दै सदस्य डा.भट्टले केही पहिले नै सामाजिक सञ्जालमा असन्तुष्टी पोख्नुभएको थियो।
नेपालसमाचारपत्रबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.