• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

छैन जीवनजल, झाँक्रीको भर

काठमाडौं, जेठ २० । । धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ। ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने।

बुधबार दिउँसो स्वास्थ्य चौकी पुगेकी बिन्दु सुनारको अनमी पुष्पाकुमारी मण्डलले रक्तचाप परीक्षण गरिन्। रिंगटा लाग्ने, ज्वरो आउने भएपछि स्वास्थ्य चौकी पुगेकी सुनारलाई मण्डलले भनिन्, ‘तपार्इंलाई कमजोरी भएको हो, बी कम्प्लेक्स औषधि खानुपर्छ तर हामीसँग छैन।’ त्यो सुनेर सुनार चुपचाप फर्किइन् । अनमी मण्डलले काखेबालक देखाउँदै भनिन्, ‘एक वर्षको यो मेरो छोरालाई पनि सुकेनास भएको छ ।’ सेवामा खटिएकी स्वास्थ्यकर्मीको आफ्नै बिलौना छ। सरकारले निःशुल्क भनेका अत्यावश्यक औषधि अधिकांश स्वास्थ्य चौकीमा पाइँदैन। सिटामोल र एमोक्सिसिलिनजस्ता अत्यावश्यक औषधि स्वास्थ्य चौकीमा छैन। मण्डलका अनुसार स्वास्थ्य चौकीमा छाती दुखेका, पाखाला लागेका र निमोनिया भएका बिरामी बढी आउँछन्।

‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न । हामी सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’
स्वास्थ्य चौकीमा उपचार गनुपर्छ भन्ने चेतना भएका बिरामी औषधि उपचार नपाएर फर्कन्छन्। स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा नपाएकाहरू झाँक्रीकै भर पर्छन् । ‘झाँक्री नलगाउँदासम्म उपचार हुन्छ जस्तो लाग्दैन,’ स्थानीय धनप्रसाद सुनारले भने। दाँत दुखेको १० दिनसम्म उनी झाँक्री लगाएर उपचार गराइरहेका छन्। उनी पाँच सय मिटर नजिकको स्वास्थ्य चौकी जान छाडेर एक किलोमिटर पर रहेका झाँक्रीकहाँ पुगेका छन्। ‘बिरामी भएपछि पहिला झाँक्रीकहाँ जान्छन्, निको भएन भनेमात्र यहाँ आउँछन्’, अनमी मण्डलले भनिन्, ‘बूढाबूढी र यहाँका जनजाति समुदायमा झाँक्री लगाउने प्रचलन छ।’ पहिलेको तुलनामा अहिले स्वास्थ्य चौकी जानेको संख्या बढे पनि झाँक्रीपछि औषधि लिन जाने र औषधि लिएपछि झाँक्रीकहाँ जाने प्रवृत्ति नरोकिएको उनले बताइन्।

धार्चे गाउँपालिकाले माग गरेभन्दा थोरै औषधि पठाउँदा छिटोछिटो सकिएको अहेव दासले बताए। उनले भने, ‘१० प्रकारका औषधि माग्दा गाउँपालिकाले पाँच प्रकारका औषधि पठाउँछ। एक सय पत्ता माग्यो भने ३५÷४० पत्ता पठाउँछ।’ उहिया गाउँ पुग्न सदरमुकामबाट तीन दिन लाग्नछ। गाउँमा टेलिफोन र इन्टरनेट सुविधा छैन। दुर्गम ठाउँको झुरुप्प बस्ती भएकाले जतिसुकै बेला महामारी फैलन सक्ने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन्। यसअघि उहियामा धेरै बालबालिकालाई झाडापखाला लागेको थियो। ‘भौगोलिक अवस्था र मागअनुसार गाउँपालिकाले औषधि नपठाएकाले बिरामी फर्काउनुपर्छ,’ अहेव दासले भने। उनका अनुसार गाउँपालिकाबाट औषधि बोकेर ल्याउनुपर्छ। भरियालाई पाँच हजार रुपैयाँ ज्याला दिनुपर्छ। नागरिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आज ४० अर्ब खिच्दै राष्ट्र बैंक
    • बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
    • बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा
    • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
    • बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.