• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ९ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

छैन जीवनजल, झाँक्रीको भर

admin २०७५, जेष्ठ, २०

काठमाडौं, जेठ २० । । धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ। ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने।

बुधबार दिउँसो स्वास्थ्य चौकी पुगेकी बिन्दु सुनारको अनमी पुष्पाकुमारी मण्डलले रक्तचाप परीक्षण गरिन्। रिंगटा लाग्ने, ज्वरो आउने भएपछि स्वास्थ्य चौकी पुगेकी सुनारलाई मण्डलले भनिन्, ‘तपार्इंलाई कमजोरी भएको हो, बी कम्प्लेक्स औषधि खानुपर्छ तर हामीसँग छैन।’ त्यो सुनेर सुनार चुपचाप फर्किइन् । अनमी मण्डलले काखेबालक देखाउँदै भनिन्, ‘एक वर्षको यो मेरो छोरालाई पनि सुकेनास भएको छ ।’ सेवामा खटिएकी स्वास्थ्यकर्मीको आफ्नै बिलौना छ। सरकारले निःशुल्क भनेका अत्यावश्यक औषधि अधिकांश स्वास्थ्य चौकीमा पाइँदैन। सिटामोल र एमोक्सिसिलिनजस्ता अत्यावश्यक औषधि स्वास्थ्य चौकीमा छैन। मण्डलका अनुसार स्वास्थ्य चौकीमा छाती दुखेका, पाखाला लागेका र निमोनिया भएका बिरामी बढी आउँछन्।

‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न । हामी सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’
स्वास्थ्य चौकीमा उपचार गनुपर्छ भन्ने चेतना भएका बिरामी औषधि उपचार नपाएर फर्कन्छन्। स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा नपाएकाहरू झाँक्रीकै भर पर्छन् । ‘झाँक्री नलगाउँदासम्म उपचार हुन्छ जस्तो लाग्दैन,’ स्थानीय धनप्रसाद सुनारले भने। दाँत दुखेको १० दिनसम्म उनी झाँक्री लगाएर उपचार गराइरहेका छन्। उनी पाँच सय मिटर नजिकको स्वास्थ्य चौकी जान छाडेर एक किलोमिटर पर रहेका झाँक्रीकहाँ पुगेका छन्। ‘बिरामी भएपछि पहिला झाँक्रीकहाँ जान्छन्, निको भएन भनेमात्र यहाँ आउँछन्’, अनमी मण्डलले भनिन्, ‘बूढाबूढी र यहाँका जनजाति समुदायमा झाँक्री लगाउने प्रचलन छ।’ पहिलेको तुलनामा अहिले स्वास्थ्य चौकी जानेको संख्या बढे पनि झाँक्रीपछि औषधि लिन जाने र औषधि लिएपछि झाँक्रीकहाँ जाने प्रवृत्ति नरोकिएको उनले बताइन्।

धार्चे गाउँपालिकाले माग गरेभन्दा थोरै औषधि पठाउँदा छिटोछिटो सकिएको अहेव दासले बताए। उनले भने, ‘१० प्रकारका औषधि माग्दा गाउँपालिकाले पाँच प्रकारका औषधि पठाउँछ। एक सय पत्ता माग्यो भने ३५÷४० पत्ता पठाउँछ।’ उहिया गाउँ पुग्न सदरमुकामबाट तीन दिन लाग्नछ। गाउँमा टेलिफोन र इन्टरनेट सुविधा छैन। दुर्गम ठाउँको झुरुप्प बस्ती भएकाले जतिसुकै बेला महामारी फैलन सक्ने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन्। यसअघि उहियामा धेरै बालबालिकालाई झाडापखाला लागेको थियो। ‘भौगोलिक अवस्था र मागअनुसार गाउँपालिकाले औषधि नपठाएकाले बिरामी फर्काउनुपर्छ,’ अहेव दासले भने। उनका अनुसार गाउँपालिकाबाट औषधि बोकेर ल्याउनुपर्छ। भरियालाई पाँच हजार रुपैयाँ ज्याला दिनुपर्छ। नागरिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.