नेपाल विश्वकै धनि देश हो तर यसलाई नेताहरुले बिगारेका हुन: पौडेल
जेठ,२०/ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी सुधार गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।
वरिष्ठ नेता पौडेलले मुलुकको राजनीतिलाई सही बाटोमा अघि बढाउन पनि कांग्रेसभित्र सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका हुन्। काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसमा सुधार आए मुलुकको राजनीति सही बाटोमा आउने दाबी समेत गरे।
वरिष्ठ नेता पौडेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन प्राविधिक शिक्षामा जोड दिन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए। उनले नेपाल प्रकृतिले धनी भएको उल्लेख गर्दै त्यसमा प्रविधि भित्र्याउन सके समृद्धिको आधार तय हुने तर्क पनि गरे।
पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासका लागि पनि प्रविधि भित्र्याउन सबै पक्षले जोड दिनुपर्ने बताए। प्राकृतिक सम्पदाहरुको उचित व्यवस्थापन गरे नेपाल छिटै विश्वकै धनी देश हुने नेता उनको बुझाइ छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

